×

लुम्बिनीको परासीमा एभरेष्ट बैंककाे ११६ औं शाखा 

images

काठमाडाैं । लुम्बिनीको परासीमा एभरेष्ट बैंकलेआफ्नो ११६ औं शाखा सञ्चालन गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कमर्सका अध्यक्ष केशव प्रसाद भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

साे उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिलकुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसै उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले परासीका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने बताए ।

बिहीबार ५ जेठ २०७९ ०३:५३ PM मा प्रकाशित

प्रतिक्रिया