×

सिटिजन्स बैंकले बाेनस नबाँड्ने

images

काठमाडाैं। सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आएकाे बाेनस नबाँड्ने भएकाे छ। बैंकको बिहिबार सम्पन्न ४०३ औं सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेसँगै बैंकले बाेनस नबाड्ने भएकाे हाे। 

बैंठकले आर्थिक वर्ष २०७८/७९को नाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकले यसअघि बोनस वितरण गर्दै आएको थियाे। अघिल्लो आव २०७७/७८ बाट बैंकले चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो। अघिल्लो आवको तुलनामा बैंकले ७ प्रतिशत कम लाभांश वितरणको प्रस्ताव गरेको हो।

सिटिजन्स बैंक वाणिज्य बैंकहरुमा सबैभन्दा पहिला लाभांश घोषणा गर्ने बैंक समेत बनेको छ।

आव २०७८/७९ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन्।

 

बिहीबार ६ असोज २०७९ ०७:५९ PM मा प्रकाशित

प्रतिक्रिया