बिहीबार, मंसिर १६ २०७८ ०३:१५ PM

×

सुनको मूल्य २ सय र चाँदी १० रूपैयाँले बढ्यो

images

काठमाडौं । साताको दोस्रो दिन स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनमा प्रतितोला २ सय र चाँदीमा १० रूपैयाँले बढेको हो ।

आइतबार ९३ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार प्रतितोला ९३ हजार ९ सय रूपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ४ सय रूपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । आइतबार तेजावी सुन ९३ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि हुँदा १२ सय ७० रूपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य १२ सय ६० रूपैयाँ रहेको थियो ।

 

 

सोमबार ६ मंसिर २०७८ १२:०१ PM मा प्रकाशित

प्रतिक्रिया