×

एनसीसी बैंक र फोन पेबीच क्यासब्याक सम्झौता

images

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र फोन पेबीच दसैं–तिहार लक्षित क्यासब्याक पार्टनरका रूपमा सहकार्य हुने भएको छ । 

एनसीसी बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पेको क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा १ सय रुपैयाँसम्म क्यासब्याक अफर प्रदान गरेको छ ।

यस अफरअन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एपमार्फत भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ । 

दसैं र तिहार गरी २ पटक यो अफर सञ्चालन हुने भएको छ । दसैं लक्षित यस अफर असोज ७ गते देखि असोज १४ गतेसम्म सञ्चालन हुनेछ भने तिहारलाई लक्षित गरी कात्तिक २ देखि कात्तिक ६ गतेसम्म सञ्चालन हुनेछ । 

एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १ सय ५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १ सय ३९ एटिएम सञ्चालनबाट सेवा प्रदान गर्दै आएको छ । 

शुक्रबार​ ७ असोज २०७९ ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया