×

विराटनगर महानगरपालिकाद्वारा ३ अर्ब ६२ करोड बजेट प्रस्तुत 

images

विराटनगर । विराटनगर महानगरपालिकाको नगरसभाको १०औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ ।
    
आगामी आर्थिक वर्षमा कुल ३ अर्ब ६२ करोड ५५ लाख ६७ रूपैयाँ व्यय हुने अनुमान गरिएको छ । सो व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ५५ करोड ३५ लाख ५० हजार रूपैयाँ, पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड ७१ लाख १७ हजार रूपैयाँ, आर्थिक विकासतर्फ २७ करोड ७३ लाख रूपैयाँ, सामाजिक विकासतर्फ ७८ करोड ३९ लाखरूपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७ करोड ७७ लाख रूपैयाँ र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ६० लाख रूपैयाँ खर्च हुने बजेटमा अनुमान गरिएको छ ।
    
महानगर उपप्रमुख शिल्पा निराला कार्कीले वाचन गरेको बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा वडास्तरीय आयोजनामा  ४१ करोड ६८ लाख १७ हजार रूपैयाँ, नगरस्तरीय आयोजनाका लागि ३० करोड रूपैयाँ, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड रूपैयाँ, क्रमागत योजनाको भुक्तानीका लागि ४० करोड रूपैयाँ, आरयुडिपीबाट निर्माण भएकालगायतका कालोपत्र सडकसमेत गरी मर्मतसम्भारमा १४ करेड रूपैयाँ, अन्य पूर्वाधारतर्फ ९ करोड ८० लाख रूपैयाँ, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख रूपैयाँ र समपूरक कोषमा ४ करोड ८० लाख रूपैयाँ  विनियोजन गरिएको छ ।
    
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब २१ करोड ८५ लाख रूपैयाँ र प्रदेश सरकारतर्फ ४ करोड ९१ लाख ९७ हजार रूपैयाँ, राजस्व बाँडफाँट १ अर्ब १३ करोड ९९ लाख ७० हजार रूपैयाँ, आन्तरिक आय  १ अर्ब रूपैयाँ, जनसहभागिता ८ करोड रूपैयाँ , अन्य अनुदान तथा ऋण १० करोड १९ लाख रूपैयाँ र अन्य संघसंस्था ३ करोड ६० लाख हुने बजेटमा अनुमान गरिएको छ ।
    
नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट महानगरको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय नतिजा हासिल हुने विश्वास व्यक्त गरिएको छ ।

मध्यकालीन खर्च संरचना

त्रिवर्षीय मध्यकालीन खर्च संरचनाअनुरुप आव २०८०÷८१ का लागि ३ अर्ब ९८ करोड ८१ लाख २३ हजार रूपैयाँ र आव २०८१÷८२ का लागि ४ अर्ब ३८ करोड ६९ लाख ३६ हजार रूपैयाँ आय तथा व्ययको अनुमान उपप्रमुख कार्कीले बजेटमा वाचन गरेका छन् ।

शुक्रबार​ १० असार २०७९ ०३:५७ PM मा प्रकाशित

प्रतिक्रिया