बिहीबार, मंसिर १६ २०७८ ०४:०७ PM

×

सामसङ विन्टर स्किम योजनाकोे तेस्रो लक्की ड्र सम्पन्न, २१ जना ग्राहक बने विजेता

images

काठमाडाैं । सामसङ मोबाइलले आफ्ना ग्राहकलाई लक्षित गरी यही नोभेम्बर १ देखि ३० सम्म उपहार योजना सञ्चालन गरिरहेको छ । उपहार योजनाअन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्छन् । विजेताको घोषणा लक्की–ड्रमार्फत गरिँदै आएको छ ।

सोही योजनाको तेस्रोे लक्की  पनि सम्पन्न भएको छ । यसमा नोभेम्बर १३–१९ सम्मको अवधिलाई समेटिएको थियो ।

उपहार योजनामा सहभागी हुन उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्नेे ग्राहकले ट्याबको सिरियल नम्बर ३१००३ मा एसएमएममार्फत पठाउनु पर्नेछ ।

लक्की–ड्र कार्यक्रमलाई सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिन्छ । अब बाँकी २ हप्ताका लक्की ड्र पनि सोही पेजमार्फत् प्रत्यक्ष प्रसारण गरिनेछ ।

विजेताको सिरियल नम्बर सामसङको फेसबुक पेजमा प्रकाशित गरिएको छ । विजेतालाई ७ दिनभित्रमा आवश्यक कागजातसहित आफ्नो उपहार दाबी गर्न सामसङले अनुरोध गरेको छ ।

‘हामी सधैं ग्राहकसँगको सम्बन्ध नवीकरण गरिरहन चाहन्छौं’, सामसङ मोबाइलका निर्देशक प्रनयरत्न स्थापित भन्छन्, ‘यसैले हामीले ५ ग्राम सुनको सिक्का उपहार योजना सञ्चालन गरेका हौं । योजनामा ग्राहकले देखाएको उत्साह र सहभागिताले हामीलाई हौसला प्रदान गरेको छ ।’

बिहीबार ९ मंसिर २०७८ १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया