भारत । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सरकारको दोस्रो कार्यकालको पहिलो बजेट बिहीबार विधानसभामा पेस भएको छ ।
वित्तमन्त्री सुरेशकुमार खन्नाले उक्त बजेट पेस गरेका हुन् ।
आर्थिक वर्ष २०२२÷०२३ का लागि ६ लाख १५ हजार ५१८ करोड ९७ लाख भारुको बजेट पेस भएको हो ।
बजेटमा मुख्यमन्त्री लघु सिँचाइ योजनाका लागि १ हजार करोडको व्यवस्था प्रस्तावित छ । यस्तै १५ हजार सोलर पम्प स्थापना र ६०.२० लाख क्विन्टल बीउ वितरण गरिने उल्लेख छ ।
यस्तै महिला उत्थानका लागि सूक्ष्म एवं लघु उद्योग क्षेत्रमा मिसन शक्ति कार्यक्रमअन्तर्गत महिलाहरुको सुरक्षा एवं सशक्तीकरण तथा कौशल विकासका लागि २० करोड भारु प्रस्ताव गरिएको छ ।
साथै बनारसमा अन्तर्राष्ट्रिय क्रिक्रेट स्टेडियम स्थापनार्थ जमिन खरिदका लागि ९५ करोड भारु विनियोजित छ ।
यस्तै विश्वविद्यालय निर्माणमा ७ सय करोड र विश्वविद्यालयका लागि भने ५० करोड भारु व्यवस्था गर्ने भनिएको छ ।
प्रतिक्रिया