मङ्गलबार, कात्तिक २ २०७८ ०४:१३ AM

×

उद्योग संगठन मोरङले सुनसरी–मोरङ औद्योगिक तथ्यांक संकलन गर्ने 

images

विराटनगर । उद्योग संगठन मोरङले सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याँकं संकलन गर्ने भएको छ । तथ्याँक संकलन गर्ने काम आईतबारबाट सुरु भएको संगठनले जनाएको छ । 

तथ्याँकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याँक संकलन गरि डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण – २०७८ शुरु गरिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।  एक पटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने योजना रहेको उनको भनाई छ । 

संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरि संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरुको सबै र बाँकी अन्य उद्योगहरुको समेत तथ्याँकं संकलन गरिने कार्यक्रम रहेको संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिए । उनका अनुसार उद्योगका विविध आयामहरु समेटिएका करिब १०० वटा प्रश्नहरु लिएर ५ जना गणकहरु तथ्याकं संकलनका लागी सबै उद्योग प्रतिष्ठानहरु पुग्ने छन । 

संगठनले तथ्याकंको गुणस्तरियतालाई मध्यनजर गर्दै गणकहरुका लागी २ दिनको तालिमसमेत सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकहरुले मोवाइल एपबाट तथ्याकं संकलन गर्ने छन र यसरी संकलन गरिएको तथ्याकंको गुणस्तरीयता अनलाइनबाटै मोनिटर गर्न सकिने छ । 

फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्याकं संकलनको काम आश्विन महिना भित्रमा सक्ने र मंसिरको पहिलो साता सम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने जनाइएको छ । 

संगठनले तथ्याकं सकंलनका लागि खटि आउने संगठनका प्रतिनिधिहरुलाई आफ्नो उद्योग व्यवसायसंग सम्बन्धीत यथार्थपरक सूचना एवं तथ्याकं उपलब्ध गराई संगठनको औद्योगिक तथ्याकं र डाटाबेस तयार गर्ने यो अभियानमा साथ सहयोग गर्न संगठनका सदस्य उद्योग प्रतिष्ठान एवं सरोकारवाला सबैमा अपिल गरेको छ । 


 

आइतबार​ १० असोज २०७८ ०७:४२ PM मा प्रकाशित

प्रतिक्रिया