सोमबार, माघ ३ २०७८ ०९:०८ PM

×
images

घण्टाघरकाे टुप्पाेबाट नियाल्दा...(फाेटाेफिचर)

काठमाडाैं । राणा शासनका ७औं तथा नेपालका ११ औं प्रधानमन्त्री वीरशमशेरको कार्यकाल (विसं १९०१–१९५७) मा निर्माण भएको यो घण्टाघर बेलायतको बिगबेन शैलीमा छ । यसको घण्टीले १९५१ देखि टिकटिक गर्न सुरु गरेको थियो । घडी कहाँबाट ल्याइएको भन्ने ठोस तथ्य नभए पनि बेलायतबाट ल्याएको बताइन्छ । 

पछि विसं १९९० को भूकम्पछि पुनर्निर्माण भएको यो घण्टाघरले २०७२ सालको भूकम्पमा क्षति बेहोरेन ।

यसको निर्माण नेपाली इन्जिनियरद्वय कुमार नरसिंह र किशोर नरसिंह राणाले गरेका हुन् । जापानबाट विशेष तालिम लिएर फर्केपछि यसको निर्माण टावर शैलीमा गरेका थिए । 

हाल त्रिचन्द्र क्याम्पस परिसरमा रहेको घण्टाघरको टुप्पोबाट धरहरा, दरबार हाइस्कुल, दरबारमार्ग, नारायणहिटी दरबारजस्ता ऐेतिहासिक ठाउँहरु देख्न सकिन्छ ।

सोमबार १२ पुस २०७८ ०५:१८ PM मा प्रकाशित

प्रतिक्रिया