×

दोलखामा एक साता थपियो निषेधाज्ञा, प्रवेश गर्दा पीसीआर रिपाेर्ट नेगेटिभ हुनुपर्ने

images

चरिकोट । पछिल्लो समय कोरोना भाइरस(कोभिड-१९)को संक्रमतिको संख्या ह्वात्तै बढेसँगै दोलखामा जारी निषेधाज्ञा लम्बिएको छ ।

शुक्रबार जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले जिल्ला बाहिरबाट दोलखा प्रवेश गर्न चाहनेले ७२ घण्टाभित्र परीक्षण गरिएको नेगेटिभ पीसीआर रिर्पोट देखाउनु पर्ने निर्णय गरेको  छ । 

यसअघि १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । अहिले दोलखामा संक्रिय संक्रमितको संख्या ८ सय २४ जना रहेको छ ।

शुक्रबार मात्र सबैभन्दा बढी १ सय ५ जना संक्रमितहरु निको भएका छन् । निको हुनेको संख्या ४ सय ३८ पुगेको छ ।

शुक्रबार​ १४ जेठ २०७८ ०३:३४ PM मा प्रकाशित

प्रतिक्रिया