×

सजिलो सेवाको रफ्तारः मोबाइल एपबाटै ५० भन्दा बढी सुविधा

images

काठमाडौं। काठमाडौं उपत्यकाभित्र घर वा अफिसमा कुनै पनि सामान बिग्रिएमा मर्मत सम्भारका लागि दक्ष जनशक्ति पाउनै मुस्किल हुन्छ। खासगरी पलम्बरहरु पाउनै झनै मुस्किल हुन्छ। पाए पनि महिनासम्म झुलाइदिने, गुणस्तरीय काम नगर्ने र मनलाग्दी शुल्क लिनेलगायतका गुनासाे धेरै सुनिन्छ।

यस्तै समस्या एकिकृत रूपमा समधान गर्ने उद्देश्यले पाँच वर्ष अघि केही युवाको सक्रियतामा सजिलोमर्मत सेवा सुरू भएकाे थियाे। इन्टरनेटमार्फत नै अर्डर लिने र घर वा अफिसमै पुगेर गुणस्तरीय सुविधा दिने उद्देश्यका साथ स्थापना भएको सजिलोमर्मत सेवा अहिले रूपान्तरण भएर सजिलो सेवा बनेको छ।

दुईजना व्यवस्थापनका विद्यार्थी र १ जना इन्जिनियरले काठमाडौंका घर तथा अफिसमा दैनिक रूपमा चाहिने विद्युत तथा प्लम्बिङ सम्बन्धी सानोतिनो समस्याको लागि सेवा चाहिदा खेप्नुपर्ने सास्तीलाई समाधान गर्न सुरू गरेको अवधारणा हो।

अध्ययनको क्रममा कक्षागत प्रयोगात्मक कार्य गर्दा जन्मिएको अवधारणालाई यथार्थमा व्यवसायिक रूपमा परिवर्तीत गरेको यो कम्पनीले हाल ठूलो फड्को मारेको छ। २०१७ जुन २८ मा तीन वटा सेवा प्रदान गर्नेगरी स्थापना गरेको यो कम्पनीले हाल ५० भन्दा बढी सेवाहरु प्रदान गरिरहेको छ। 

यस्तै समस्या एकिकृत रूपमा समधान गर्ने उद्देश्यले पाँच वर्ष अघि केही युवाको सक्रियतामा सजिलोमर्मत सेवा सुरू भएकाे थियाे। इन्टरनेटमार्फत नै अर्डर लिने र घर वा अफिसमै पुगेर गुणस्तरीय सुविधा दिने उद्देश्यका साथ स्थापना भएको सजिलोमर्मत सेवा अहिले रूपान्तरण भएर सजिलो सेवा बनेको छ।

वेबसाइट, फोन सेन्टर र सोसलमिडियाबाट अर्डरहरू लिदा सेवा प्रदान गर्दै आएको यस कम्पनीले गएको सेप्टेम्बरबाट मोबाइल एप लन्च गरेर त्यसबाट सेवा प्रदान गर्दै आएको छ। एन्ड्रोइड र आइवोएस दुवैमा डाउनलोड गरी प्रयोग गर्न मिल्ने गरी ‘सजिलो सेवा’ एप सार्वजनिक गरेपछि आफ्नो सेवाको क्षेत्रलाई थप बढाएको कम्पनीले बिहीबार पोखरामा पनि यो सेवा विस्तार गर्दैछ।

कम्पनीले सजिलो सेवा मोबाइल एपमार्फत् होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिङ, ड्राइभर, क्लिनिङ तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गर्दै आएको छ। घर, अफिस, होटल तथा अन्य संघसंस्थाका लागि अनलाइनमार्फत परामर्श तथा मर्मत सेवा दिँदै आएको स्टार्टअप कम्पनीले ग्राहकहरुको विभिन्न मागअनुसार आफ्नो सेवालाई विस्तार गर्दै आएको छ। ‘सजिलो सेवा’ पुकार आचार्य, कविसभक्त श्रेष्ठ र सुजित रेग्मी तीन जनाको अगुवाइमा सञ्चालन हुँदै आएको छ।

क्लास प्रोजेक्टको रूपमा विश्वविद्यालयमा जन्मिएको आइडिया

‘सजिलो सेवा काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम) मा एमबिए अध्ययन गर्दै गर्दा त्यसको एउटा क्लास प्रोजेक्टको रूपमा विश्वविद्यालयमा जन्मिएको अवधारणा हो,’ कम्पनीका बजार निर्देशक कविसभक्त श्रेष्ठले क्यापिटल नेपालसँग भने ‘त्यहाँ कक्षामा प्रोजेक्ट वर्कको रूपमा काम गरेपछि यो कुरालाई व्यवसायिक रूपमा सार्थकता दिन सकिन्छ कि भन्ने धारणा हामीमा बन्यो, जसलाई हामीले यो अवस्थामा ल्यायौं।’ उनीहरुले कक्षागत प्रोजेक्ट बनाउँदा बानेश्वर क्षेत्रका लगभग १०० धुरी घरहरु र ५० देखि ६० ओटा संस्थाहरुमा आइडियाको विषयमा अनुसन्धान गरेका थिए।

अनुसन्धानपछि लगभग ७५ प्रतिशत मानिस तथा संस्थाहरूले यस्तो सेवा चाहिने प्रतिक्रिया दिएका थिए उनी भन्छन्। यसपछि यसलाई कार्यान्वयनमा ल्याएको उनी बताउँछन्। उनीहररूले आइडियालाई टेलिभिजन लाइभ सो आइडिया स्टुडियोमा पनि लगेका थिए। त्यसको सेकेन्ड सिजनमा उनीहरू विजेता मात्र बनेनन् त्यहाँबाट निर्णायक मण्डलदेखि पूरा समूहले प्रशंसा पायाे। जसले गर्दा यसकाे सुरू गर्न उनीहरूलाई थप प्रोत्साहन मिल्यो। त्यसलगत्तै एमबिए सकेपछि उनीहरूले यो व्यवसाय सुरू गरे। 

‘सजिलो सेवा काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम) मा एमबिए अध्ययन गर्दै गर्दा त्यसको एउटा क्लास प्रोजेक्टको रूपमा विश्वविद्यालयमा जन्मिएको अवधारणा हो,’ कम्पनीका बजार निर्देशक कविसभक्त श्रेष्ठले क्यापिटल नेपालसँग भने ‘त्यहाँ कक्षामा प्रोजेक्ट वर्कको रूपमा काम गरेपछि यो कुरालाई व्यवसायिक रूपमा सार्थकता दिन सकिन्छ कि भन्ने धारणा हामीमा बन्यो, जसलाई हामीले यो अवस्थामा ल्यायौं।’

उनीहरुले सुरुमा प्लम्बिङ, इलेक्ट्रिकल र कम्प्युटर गरी तीन वटा सेवा मात्र राखेका थिए। ‘हामीले सुरू गरको तीन क्षेत्रमा सेवा प्रदायकहरू पाउन, व्यवसायिक मानिसहरु पाउन एकदमै कठिन भएको हाम्रो अध्ययनले देखाएको थियो,’ श्रेष्ठले भने ‘त्यसैलाई आधार बनाएर हामीले सुरुमा तीन वटा सेवामा आफ्नो व्यवसाय सुरु गरेका हौं।’ रिसर्चका क्रममा सेवा प्रदायक तथा टेक्निकल संस्थामा गएर २५० टेक्निसियनसँग कुरा गर्दा उनीहरुले ग्राहकलाई सेवा चाहिएको र सेवा प्रदायकलाई ग्राहक चाहिरहेको पाए। सेवा प्रदायकले मार्केट नपाएको, ग्राहक नपाएको, जति काम पाउनुपर्ने त्यती काम नपाएको गुनासो गरे। 

साथै टेक्निसियहरुमा अन्डर इम्प्लोइमेन्टको समस्या भइरहेको र उनीहरुले सम्झौताकर्ताहरुको माध्यमबाट काम गरेको उनीहरुले पाए। यसका कारणले उनीहरुको ठूलो रकम सम्झौताकर्ताहरुलाई जाने र थोरै बच्यो भन्ने गुनासो पाए। पाउने जति काम नपाएको सम्झौताकर्ताहरुबाट ठगिएको, कामको स्वतन्त्रता नै नपाइरहेको उनीहरुको गुनासो सुनेपछि सो समस्यालाई मध्यनजर गर्दै उनीहरुले यो सेवा सुरु गरेका हुन्। २०१७ मा तीन वटा सेवाबाट सुरु गरेको कम्पनीले हाल ग्राहकका डिमान्डको ख्याल गर्दै ५० भन्दा बढी सेवा प्रदान गर्दै आएको छ। 

‘सजिलोमर्मत सेवा’ बाट ‘सजिलो सेवा’ को सुरूवात

सुरूवाती चरणमा रिपेयर र मेन्टेनेन्स गर्ने सेवाहरू (प्लम्बिङ, कार्पेन्टर, इलेक्ट्रिसिटी) थिए। तर गएको मार्चबाट उनीहरूले ‘सजिलो मर्मत सेवा’ लाई सजिलो सेवामा रुपान्तरण गरे। अझ सेवामुलक बनाउने उद्देश्यले उनीहरूले नाम परिवर्तन गरेका हुन्। ‘हामी सेवामूलक हुन चाहन्थ्यौं, सेवाका लागि मात्र एउटा प्लेटफर्म बनाउन लागेका कारण सजिलोमर्मत सेवा हुँदा मर्मतको काम मात्र हुने सन्देश जाने भएकाले यसको नाम परिवर्तन गरेर सजिलो सेवा नाम राख्यौं,’ निर्देशक श्रेष्ठले भने ‘यसको माध्यमबाट होम सर्भिस, प्लम्बर, इलेक्ट्रिसियन, ड्राइभर वा जुनसुकै किसिमको सेवा हाम्रो प्लेटफर्ममा ल्याउन जोड गरौं भनेर हामीले यसको सुरुवात गरेका हौं।’

यस प्लेटफर्ममा ५० भन्दा बढी कम्पनीले सेवा दिनका लागि २ सय ५० भन्दा बढी सेवाप्रदायकले प्रत्यक्ष अप्रत्यक्षरुपमा रोजगारी पाइरहेकाे उनले जानकारी दिए। जसमा जोडिएकाले मासिक २० हजारदेखि डेढ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेकाे उनले बताए।  

मोबाइल एपको सुरूवात

गएको मार्चमा उनीहरुले एक निजी संस्थाबाट १० करोड रुपैयाँ लगानी पाए। लगानीलाई उनीहरूले प्रविधिमा प्रयोग गरे। त्यसपछि उनीहरूले सेप्टेम्बरमा मोबाइल एप लन्च गरे। यसअघि उनीहरूसँग 'मोबाइल एप' थिएन। उनीहरूले वेबसाइट, फोन सेन्टर र सोसलमिडियाबाट अर्डर लिदै सेवा प्रदान गर्ने काम गर्थे। लन्च गरिएको मोबाइल एप्लिकेशन एन्ड्रोइड र आइवोएस दुवैमा डाउनलोड गरी प्रयोग गर्न मिल्ने गरी सजिलो सेवा एप थियो। जुन लन्चभएपछि ग्राहकलाई सेवा लिन सजिलो भएकाे छ। यस एपबाट मूल्य हेर्ने, सेवा अर्डर गर्नेलगायतका काम सजिलै गर्न सकिन्छ। 

हालसम्म ४० हजार बढी अर्डर

निर्देशक श्रेष्ठका अनुसार यसबीचमा उनीहरूले ४० हजार भन्दा बढी अर्डरहरू लिइसकेका छन्। काठमाडौं भक्तपुर र ललितपुरमा उपलब्ध सेवा यही अवधिमा २५० भन्दा बढी व्यक्तिगत सेवा प्रदायकहरु र माइक्रो एसेमिजहरुले लिइसकेका छन्। यस प्लेटफर्ममा ५० भन्दा बढी कम्पनीले सेवा दिनका लागि २ सय ५० भन्दा बढी सेवाप्रदायकले प्रत्यक्ष अप्रत्यक्षरुपमा रोजगारी पाइरहेकाे उनले जानकारी दिए। जसमा जोडिएकाले मासिक २० हजारदेखि डेढ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेकाे निर्देशक श्रेष्ठले बताए।  

उपत्यकापछि पोखरामा पनि शाखा

‘काठमाडौं उपत्यकामा राम्रो भएको छ, अझै यसलाई धेरै राम्रो बनाउने विषय हुँदा हुँदै देशभर नै यसलाई लग्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ श्रेष्ठले भने ‘हामीले समस्या समाधान गर्दै आएको समस्या देशभरकै भएका कारण यसलाई यही वर्ष तीन/चार वटा सहरमा लग्ने योजना छ, जसअन्तर्गत पोखरामा लन्च गर्दैछौं।’ पोखरामा ४० वटा सेवा प्रदायकहरु पहिल्यै जोडिसकेको  उनले जानकारी दिए।

लन्च पश्चात पोखरामा स्थानीय व्यक्तिहरूले काम पाउँने वातावरण सिर्जना हुँदै जाने उनको भनाइ छ। हाल देशका विभिन्न प्रमुख तीन सहरमा लग्नका लागि उनीहरू काम गर्दैछन्। यसअन्तर्गत पोखरा लन्चमा अफर पनि छ।

सैद्धान्तिक ज्ञान र प्रयोगात्मक शिक्षा लिएर आउने भएका कारण मार्केटको जानकारी नहुने, व्यवसायिक रूपमा काम गर्ने आइडिया नहुने, व्यवसाय बढाउने जानकारी नभएकालाई मध्यनजर गर्दै ट्रेनिङ सेन्टर खोल्ने योजना बनाएकाे उनीहरूकाे भनाइ छ। 

उनीहरूले २०२७ सम्ममा विभिन्न ठाउँमा सेवा पुर्याएर मुलुकभर ५ हजार भन्दा बढी सेवा प्रदायकलाई रोजगारी दिने योजना बनाएका छन्। टेक्निकल ब्याकग्राउन्ड रहेका, विदेशीनु पर्ने अवस्था रहेका, विभिन्न कारणले काम नपाइरहेकाे अवस्था देखिएका लगभग ३ सयलाई सहयाेग मिल्ने उनकाे भनाइ छ। यसका साथै प्लेटफर्मबाट गुणस्तर राम्रो दिनका लागि काम गर्न आउनेको अन्तर्वार्ता, सीप परीक्षणलगायतका विभिन्न कुराको अध्ययन गरेर मात्र काममा लगाउँदै र गर्दै आएको कम्पनीले जनाएको छ।

टेक्निकल ट्रेनिङ सेन्टर खोलिने

उनीहरू आउने वर्षसम्म टेक्निकल ट्रेनिङ सेन्टर खोल्ने योजनामा छन्। सिटिभिटीबाट पास गरेका लागि प्रत्यक्ष मार्केटको ज्ञान नहुने उनीहरूको निष्कर्ष छ।

सैद्धान्तिक ज्ञान र प्रयोगात्मक शिक्षा लिएर आउने भएका कारण मार्केटको जानकारी नहुने, व्यवसायिक रूपमा काम गर्ने आइडिया नहुने, व्यवसाय बढाउने जानकारी नभएकालाई मध्यनजर गर्दै ट्रेनिङ सेन्टर खोल्ने योजना बनाएकाे उनीहरूकाे भनाइ छ। 

पहिलो वर्ष जो जो अन्य संस्थाबाट पास हुन्छन् त्यसका लागि इन्रोल गराएर मार्केट रेडी गराउने योजना कम्पनीकाे छ। दोस्रो वर्षदेखि सीप नहुनेहरूका लागि सीप दिने उनीहरुको योजना छ। ट्रेनिङमा प्लम्बिंग र इलेक्ट्रीक मेन टार्गेट गरिने कम्पनीले जनाएको छ। सीप र काम यही पाउने अवधारणामाअनुसार र नयाँ मेनपावर तथा नयाँ सीप पनि कम्पनीमै सिर्जना गर्ने उद्देश्य अनुरुप उनीहरुले ट्रेनिङ सेन्टर खोल्ने योजना बनाएका हुन्। 

बुधबार १४ मंसिर २०७९ ०६:३४ PM मा प्रकाशित

प्रतिक्रिया