समयसीमा सकिन लाग्दा प्राधिकरणले काट्यो दूरसञ्चार सेवा प्रदायकलाई अर्को चिठ्ठी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २२, आइतबार ,०४:०४:PM  
समयसीमा सकिन लाग्दा प्राधिकरणले काट्यो दूरसञ्चार सेवा प्रदायकलाई अर्को चिठ्ठी

काठमाडौं । ६१ औं पटकको ताकेताको मिति गुज्रिन लाग्दा पनि फ्रिक्वेन्सीको बक्यौता रकम नबुझाउने दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणले पुनः चिठ्ठी काटेको छ । 

 

असार मसान्तसम्म समयसीमा समाप्त हुँदै गर्दा हालसम्म कुनै पनि सेवा प्रदायकले बक्यौता रकम नतिरेको दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक झलक थापाले बताएका छन् ।

 

यसबीच गत जेठमा दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटलाइट टेलिकमले पुरानो बक्यौताको २७ लाख बुझाएको निर्देशक थापाले बताए । व्यवसायी अजेयराज सुमार्गीको स्याटलाइट टेलिकमले फ्रिक्वेन्सी दस्तुरको ८८ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । 

 

स्मार्ट टेलिकम, युनाइटेड टेलिकम (यूटीएल) र स्याटलाइट टेलिकमले प्राधिकरणलाई दुई अर्ब ९३ करोड ६७ लाख ८१ हजार आठ सय ७२ रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । यीमध्ये कम्पनीले सबैभन्दा धेरै स्मार्ट टेलिकमबाट एक अर्ब ४० करोड रुपैयाँ असुल्न बाँकी छ ।


बक्यौता नतिर्ने सबै दूरसञ्चार कम्पनीहरुमा देशका प्रभावशाली व्यापारी तथा राजनीतिक नेतृत्वकर्मीहरुको लगानी छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');