प्रदेश २ मा साढे तीन अर्बभन्दा बढी तथा प्रदेश १ मा ८१ करोडभन्दा बढीका कृषिजन्य उत्पादन क्षति

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन १९, आइतबार ,०४:५६:PM  
प्रदेश २ मा साढे तीन अर्बभन्दा बढी तथा प्रदेश १ मा ८१ करोडभन्दा बढीका कृषिजन्य उत्पादन क्षति

काठमाडौँ । अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश २ मा करिब तीन अर्ब ५९ करोड रूपैयाँको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।     
    
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले सो विवरण प्रस्तुत गरेका हुन् । उनले प्रदेश २ का ८ जिल्लामा कृषितर्फ १ अर्ब ९७ करोड तथा पशुपक्षीतर्फ १ अर्ब ६२ करोड रूपैयाँको क्षति भएको जानकारी दिए ।    
    
असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण मुलुकका कृषि तथा पशुपक्षीका क्षति विवरणको सत्य तथ्य विवरण समिति समक्ष पेश गर्न मन्त्रालयलाई निर्देशन भएपछि मन्त्री खनालले त्यसपछिको बढी क्षति प्रदेश १ मा भएको जानकारी दिए । उनले प्रदेश १ का जिल्लामा ८१ करोड ५४ लाख ७२ हजार मूल्यका कुखुरा तथा चौपाया र बाली नष्ट भएको जानकारी दिए ।    
    
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको साउन १३ गतेसम्म सङ्कलन भएको तथ्याङ्क विवरणमा प्रदेश १ मा दुई हजार ४४६ घरधुरी प्रभावित भएका छन् । मन्त्री खनालले बैठकमा प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट भने वर्षाका कारण पुगेको क्षतिका विवरण हालसम्म आइनसकेको जानकारी गराए ।    रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');