हुलाक बचत बैंकमा पाँच करोड निक्षेप सङ्कलन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २३, बिहीबार,११:५१:AM  
हुलाक बचत बैंकमा पाँच करोड निक्षेप सङ्कलन

कलैया । जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बैङ्कमा आर्थिक वर्ष २०७५/७६ मा कूल पाँच करोड ३५ लाख ३८ हजार ३०१ रूपैयाँ निक्षेप सङ्कलन भएको छ ।

यसवर्ष मात्र एक हजार ३२२ ग्राहकले चार करोड ६७ लाख पाँच हजार ३०२ रूपैयाँ जम्मा गरेकामा सोको ब्याज  चार लाख तीन हजार ९५१ रूपैयाँ र गत वर्षको ६४ लाख २९ हजार ५७ रूपैयाँ समेत गरी कूल पाँच करोड ३५ लाख ३८ लाख ३०१ बचत भएकाे छ । 

बचतकर्ताले चार करोड ८६ लाख ३० हजार ५६३ रूपैयाँ निकालेकाे र बाँकी ४९ लाख सात हजार ७४७ रूपैयाँ हुलाक कार्यालयको कूल सम्पत्ति रहेको कार्यालय प्रमुख सुरेन्द्र यादवले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ मा हुलाक बचत बैङ्कले ४३ ग्राहकलाई ७० लाख २८ हजार ३०३ रूपैयाँ कर्जा लगानी गरेको र २०७६ असार मसान्तसम्म आठ लाख २९ हजार ४४७ मौज्दात रहेकामा ३० लाख ५० हजार ३६८ रूपैयाँ हुलाकको केन्द्रीय चल्ती खातामा जम्मा रहेको उनले बताए । रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');