सहकारी तथा कृषि समितिबाट ‘भूमिसम्बन्धी आठौँ संशोधन’ २०७५ पारित

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २३, बिहीबार,०६:४२:PM  
सहकारी तथा कृषि समितिबाट ‘भूमिसम्बन्धी आठौँ संशोधन’ २०७५ पारित

काठमाडौं । सङ्घीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी आठौं संशोधन विधेयक, २०७५ पारित गरेको छ । 

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पेस गरेको विधेयक समितिका सदस्य, संशोधनकर्ता सांसद तथा भूमिसम्बन्धी विज्ञहरुको सुझावसहित पारित भएको हो ।

उक्त विधेयक संसदीय समितिको करिब २ महिनायताको लगातार छलफलपछि पारित गरिएको छ । यो विधेयकमा २०७६ साल असार मसान्तभन्दा अघि नेपाल सरकारको स्विकृति नलिई कुनै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले हदबन्दीभन्दा बढी जग्गा खरिद गरेर उपयोग गरिरहेको छ भने उक्त जग्गा सम्बन्धित कम्पनीका लागि एक पटक उपयोग गर्न दिने प्रावधान छ ।

त्यस्तै नेपाल सरकारले सुकुम्बासीहरुलाई आवश्यकताअनुसार आवास उपलब्ध गराउन वा सामूहिक बसोबासको व्यवस्था मिलाउन र जग्गा विकासको माध्यमबाट जग्गा उपलब्ध गराउन सक्ने व्यवस्थासमेत यो विधेयकमा समावेश गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');