राजधानीको बबरमहलमा हरिप्रसाद शर्माको चित्रकला प्रदर्शनी

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ भदाै २१, शनिबार,०२:३७:PM  
राजधानीको बबरमहलमा हरिप्रसाद शर्माको चित्रकला प्रदर्शनी

काठमाडौं । पुरानो संस्कृती, जनजीवन, रहनसहन, आर्किटेक्चर र इतिहासलाई निकै सुन्दर ढंगले क्यानभासमा उतार्न सक्ने क्षमता भएको हरिप्रसाद शर्माको चित्रकाल प्रदर्शनी राजधानीको  बबरमहलस्थित नेपाल कला परिषद्मा भदौं २० बाट शुरु भएको छ । 


शताब्दीका पुराना विषयवस्तु तथा मल्लकालीन घटनाहरुलाई कल्पनामा ढालेर सुन्दर चित्रद्धारा प्रस्तुत गर्न सक्ने खुबिका कारण चित्रहरु निकै आकर्षक देखिन्छ ।

८२ बर्षीय कलाकार शर्माका चित्रहरुमा इतिहास झल्कने र त्यस समयको वस्तुस्थिती अनुमान गर्न सकिन्छ । जसमा पृथ्वीनारायण शाहको उपत्यका आक्रमण, राजा प्रताप मल्लको रामलीला, काठमाडौको भैरव जात्रा, चाँगुनारायणमा गरुड स्तम्भ स्थापना गर्दाको माहोल अनुमान गर्न शर्माको कलाकारिताले महत्वपूर्ण भूमिका खेल्दछ ।


नेपाल सम्पदा संघ, हिमाल एसोसिएसन र सोसल साइन्स वहाः द्धारा आयोजित प्रदर्शनी असोज ९ गतेसम्म संचालन हुनेछ ।   

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');