नेपाल पुर्नबीमा कम्पनीले १६० करोडको आईपीओ निष्कासन गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार,११:४१:AM  
नेपाल पुर्नबीमा कम्पनीले १६० करोडको आईपीओ निष्कासन गर्ने 

काठमाडौं । सरकारको बहुमत स्वामित्व रहेको नेपाल पुर्नबीमा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । 

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा आरबीबी मर्चेन्ट बैङ्किङ लिमिटेड रहेको छ । आईपीओ निष्कासपछि नेपाल पुर्नबीमाको पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ । हाल ८ अर्ब ४० करोड रुपैयाँ पुँजी छ । 

आईपीओ निष्कासनपछि कम्पनीले सेयरधनीलाई लाभांश बाड्न सक्ने छ । पुर्नबीमा निर्देशिकामा सञ्चालनमा आएको ५ वर्षपछि मात्र सेयरधनीलाई लाभांश वितरण गर्ने व्यवस्था भएकाले आगामी आर्थिक वर्षदेखि कम्पनीले लाभांश बाँड्न सक्ने छ ।

कम्पनीले चौथो वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ । कम्पनीमा सरकारको ४४, बिमा कम्पनीहरुको ३९ र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।  

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');