बैङ्कको रकम हिनामिना गरेको आरोपमा थप दुई पक्राउ

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार,०५:५९:PM  
बैङ्कको रकम हिनामिना गरेको आरोपमा थप दुई पक्राउ

घोराही । दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैङ्कको झन्डै १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ ।    
    
बैङ्कको रकम हिनामिनामा मुछिएको पाइएपछि बैङ्कका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए । पक्राउ परेका कर्मचारीको परिचय भने खुलाइएको छैन ।

प्रहरीले बैङ्कको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि नै बैङ्कका प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो । तीमध्ये चार जना छुटिसकेका छन् भने अरु प्रहरी हिरासतमै छन् । अहिले बैङ्कको नारायणपुर शाखाको सम्पूर्ण कारोबार बन्द छ ।    रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');