प्रदेश १ दूधमा आत्मनिर्भर

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज २३, बिहीबार,११:४९:AM  
प्रदेश १ दूधमा आत्मनिर्भर

विराटनगर । प्रदेश १ दूधमा आत्मनिर्भर भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दूध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।    
    
मन्त्रालयका अनुसार, दुग्ध उत्पादनमा यस प्रदेशले राष्ट्रिय उत्पादनमा ३० दशमलव २३ प्रतिशत योगदान दिएको छ । मुलुकभरि १९ लाख २४ हजार २०० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेकोमा प्रदेश १ मा पाँच लाख ८१ हजार ७७९ मेट्रिक टन उत्पादन हुने गरेको छ ।    
     
यसैगरी माछाको कुल राष्ट्रिय उत्पादनमा यो प्रदेशले १२ दशमलव ६६ प्रतिशत योगदान गरेको छ । यो प्रदेशमा सात हजार ७२ मेट्रिक टन माछा बर्सेनि उत्पादन हुने गरेको छ । माछाको राष्ट्रिय उत्पादन ५५ हजार ८४३ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ ।    
    
मन्त्रालयका अनुसार, मासुको कूल राष्ट्रिय उत्पादनमा यो प्रदेशको योगदान १९ दशमलव २६ प्रतिशत छ । मासुको राष्ट्रिय उत्पादन तीन लाख ३२ हजार ५४४ मेट्रिक टन रहेकोमा यो प्रदेशको उत्पादन ६४ हजार ५४ मेट्रिक टन छ । त्यस्तै यो प्रदेशमा अण्डाको उत्पादन ११ दशमलव ९७ करोड हो । यसले राष्ट्रिय उत्पादनमा आठ दशमलव ८५ प्रतिशत योगदान गरेको छ ।

अण्डाको राष्ट्रिय उत्पादन १३५ करोड हो । प्रदेशमा बागवानी उत्पादन दुई हजार ४७ दशमलव ५९४ मेट्रिक टन, पशुपक्षीजन्य उत्पादन ६५२ दशमलव ९०५ मेट्रिक टन रहेको छ भने कृषि तथा पशु प्रसार सेवाको पहुँच १२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।    
    
आत्मनिर्भर हुन नसकेका खाद्य पदार्थअन्तर्गत माछाको उत्पादकत्व प्रतिहेक्टर चार दशमलव आठ मेट्रिक टनबाट छ मेट्रिक टन प्रतिहेक्टर पुर्याउने, मासुको उत्पादनमा १५ प्रतिशत वृद्ध गर्ने प्रदेश योजना आयोगको रणनीति छ ।

प्रदेशको मिल्क होली डे हटाउन प्रदेश सरकारले २१ करोड रुपैयाभन्दा बढी लगानीमा सुनसरीको तरहरामा पाउडर प्लान्ट (धूलो दुग्ध) स्थापना गर्न लागेकाले पनि दुग्ध उत्पादन गर्ने किसान खुशी भएका छन् ।    –मोहम्मद सदरुल/रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप