आगलागीबाट ४० लाखको क्षति

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज २३, बिहीबार,०३:०७:PM  
आगलागीबाट ४० लाखको क्षति

कावासोती । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको एउटा फर्निचर उद्योगमा आगलागी हुँदा ४० लाख रुपैयाबराबरको धनमाल जलेर नष्ट भएको छ ।    
    
कावासोती–८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा गए राति आगलागी हुँदा ४० लाख मूल्यबराबरको फर्निचर, प्लाइउड, फर्निचर उद्योगका मेशिनरी सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरकाप्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।    
    
गए राति ११ बजेको समयमा आगलागी हुँदा फर्निचरमा रहेका सामग्री जलेर नष्ट भएका छन् । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगो विद्युत् सर्ट भएर लागेको हुनसक्ने प्रहरी नायब उपरीक्षक रानाभाटले बताए ।

आगो कावासोती नगरपालिकाको दमकल, भरतपुर महानगरपालिकाको दमकल र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।    रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -४ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');