यसरी गरौ कलरफूल तिहारमा घरको सजावट 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक ११, साेमबार,०४:०६:PM  
यसरी गरौ कलरफूल तिहारमा घरको सजावट 

झिलिमिलि बत्ति र बिभिन्न फूलहरुको पर्व तिहारको आगमनसँगै घरलाई आकर्षक कसरी देखाउने भन्ने सबैलाई अहिले चटारो छ ।  आफ्नो घर/कार्यालयलाई आकर्षक तरिकाले सजाउन कतिपयले महंगो शुल्क तिरेर इन्टेरियर डिजाइनरलाई नै जिम्मा पनि दिने गर्छन् । तर, सबैका लागि यस्तो गर्नु सम्भव हुदैंन । आफ्नो घरको बनावट तथा स्थान अनुसार थोरै खर्चमा पनि निक्कै आकर्षक बनाउन सकिन्छ ।   

१. भित्ताहरुमा रंगको समायोजन 

तिहारजस्तो चाडपर्वको समयमा एउटै कोठाको भित्तामा फरक फरक रंग प्रयोग गरेर कोठालाई फरक लुक्स दिन सकिन्छ । कलरको पर्व तिहार चम्किलो र सादा रंग प्रयोग गर्ने उपयुक्त समय पनि हो । सुन्दर रंगको समायोजन कायम गरेर कोठाको एकापट्टि भित्तामा केहि चम्किलो र अर्कोपट्टि हलुका सादा रंग प्रयोग गर्दा कोठाको लुक्स निक्कै फरक र आकर्षक देखिन्छ । ग्रामिण परिवेशमा हुने माटोकाहरुमा त झन् प्राचिन धार्मिक भित्ते चित्र बनाउन सकिन्छ । यसले घरलाई धार्मिक वातावरण पनि दिन्छ ।  त्यस्तै भित्ताहरुमा सुन्दर स्टिकरहरु टाँसेर, फुलका झल्लरहरु सजाएर पनि सजाउन सकिन्छ ।

२. फर्निचरहरुको सफाई गर्नुहोस् 

पुराना फर्निचरलाई हटाएर नयाँ फर्निचर ल्याउने चाडपर्व महत्वपुर्ण अवसर पनि हो । पुराना काम नलाग्ने फर्निचरलाई हटाएर अत्याधुनिक तथा ट्रेण्ड सेटिङ फर्निचरहरुले घरलाई नयाँ लुक्स दिन सकिन्छ ।   चाडपर्वको अवसरमा अहिले बिभिन्न अफर र छुट सहित यस्ता सामानहरु सस्तो मुल्यमा खरिद गर्न पाइन्छ ।  तर, नयाँ  फर्निचर खरिद गर्नसक्ने आर्थिक क्षमता र अवस्था सबैमा नहुन पनि सक्छ । यस्तो अवस्थामा पुरानो फर्निचरलाई सरसफाइ र रंगरोगन गरेर आकर्षक बनाउन सकिन्छ । त्यस्तै फर्निचरको कभर परिवर्तन गर्ने, कोठाको पर्दा परिवर्तन गरेर कोठा नयाँ लुक्सको देखिन्छ । यसका लागि मरुन, सुन्तला, पियाजी, गुलाबी जस्ता चम्किलो रंगहरुले फेस्टिभ मूड बनाउँछ । यस बाहेक फर्निचरहरु राखिएको यथावत् स्थानलाई परिवर्तन मात्र गरेर पनि कोठालाई नयाँ र फरक लुक्स दिन्छ । तर, यसका लागि इन्टेरियरको राम्रो ज्ञान आवश्यक छ । 

३. ध्वजापातहरु जथाभावी नटा“ग्नुहोस् 

तिहार जस्तो चाडपर्वमा बिभिन्न कलरका कागज र ध्वजा टाँस्ने झुण्ड्याउने परम्परा छ । पर्व तथा पुजामा घर सिगार्न कागज र ध्वजापातको संस्कार धेरै पुरानो हो । तर, कागज र ध्वजापातले घरलाई सुन्दर देखिनुको सट्टा साँघुरो र फोहोर पनि देखाउन सक्छ । घरको भित्ता, झ्याल, ढोकामा टासिएका त्यसको रंग भित्ताहरु पनि फोहोर देखिन्छन् । यसकारण तिहारमा जथाभावी ध्वजापताका र कागज टाँस्नुको सट्टा त्रीकोण आकारका कागजलाई पट्याएर पुतली आकारको बनाएर धागोमा टासी कोठामा झुण्ड्याउन सकिन्छ । यसले कोठालाई आकर्षक र कलात्मक रुप दिन्छ । साथै पर्व सकिएपछि धागोलाई निकालेर फ्याँक्दा घर फोहोर हुँदैन । 

४. माला र झल्लर 

फूल, बत्ति, झल्लर, रंग र कागजहरुको पर्व तिहारमा घर सजाउन विविध रंगको प्रयोग गर्नुपर्छ । तर, यी सबै रंगले घर सजाउन एकअर्कालाई सहयोग गरेको हुनुपर्छ । रंगमा अस्वभाविक फरकपना अर्थात् कन्ट्रास्ट हुनुहुँदैन । यसले घरमा सबैको ध्यान पुया¥ए पनि आकर्षक बनाउँदैन । यसले फोहोर भएको देखिन्छ । अर्को तिर यो समय माला, फूल, बत्ति र झल्लरहरुका डोरी तारहरु धेरै हुँदा, एकआपसमा अल्झिन्छन् । यसले सुन्दर व्यवस्थापन र रुपको झलक नदिन सक्छ । त्यसैले राम्ररी व्यवस्थापन गर्नुपर्छ । माला झ्याल ढोकामा लगाइएको छ भने झल्लर कोठाको बीचको भागमा झुण्डाउने र बत्ति छत वा टिनको बलेसीमा झुण्डाउने गर्नुपर्छ । यसले व्यवस्थित रुप दिन्छ । 


 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी जीवनशैली बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');