वायुसेवा निगमले डलर फेयर हटाउने,नेपाली यात्रु सरह नै भाडा लिने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २०, बुधबार,०२:०७:PM  
वायुसेवा निगमले डलर फेयर हटाउने,नेपाली यात्रु सरह नै भाडा लिने

काठमाडौं ।नेपाल वायुसेवा निगमले डलर फेयर हटाउने भएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विदेशीहरुबाट लिदै आएको डलर फेयर घटाएर नेपाली यात्रु सरह नै भाडा लिने जानकारी दिए ।

निगमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खरेलले डलर फेयर हटाउने बिषयमा केहि दिन भित्रै निर्णय गर्ने बताए ।

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली र विदेशी यात्रुको भाडादर समायोजन गर्न केहि महिना अघिनै सबै एयरलाइन्स हरुलाई निर्देशन दिएका थिए । अहिले आन्तिरक उडानमा एयरलाइन्सहरुले नेपाली र विदेशीलाई छुट्टाछुट्टै भाडा लिदै आएका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');