वाइवाइ चाउचाउलाई ‘बलियो नेपाल’ अभियानमा समावेश गर्ने कुनै योजना नरहेकाे चौधरी ग्रुपको स्पष्टोक्ति  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,१२:५६:PM  
वाइवाइ चाउचाउलाई ‘बलियो नेपाल’ अभियानमा समावेश गर्ने कुनै योजना नरहेकाे चौधरी ग्रुपको स्पष्टोक्ति  

काठमाडौं । विगत केहीदिनदेखि केही सञ्चार माध्यमम ‘बलियो नेपाल’ अभियानका सन्दर्भमा चौधरी ग्रुप र विषेशगरी वाईवाई चाउचाउको नाम जोडेर आएका समाचारप्रति चौधरी ग्रुपले ध्यानाकर्षण भएको जनाएको छ । 

वाइवाई चाउचाउलाई ‘बलियो नेपाल’ अभियानमा समावेश गराउने कुनै योजना नरहेको चौधरी ग्रुपले स्ष्ट पारेको हो । वाइवाइ विगत ४० बर्षदेखि उत्पादन हुँदै आएको विश्वव्यापी प्रसिद्ध ब्रान्ड हो । त्यस्को प्रवद्र्धनका लागि कुनै अभियान आवश्यक नपरेको ग्रुपले जनाएको हो । चौधरी ग्रुपले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘वाइवाइ आफैमा विश्वव्यापी ब्रान्ड बनेको छ । यस्को प्रवद्र्धन गर्न कुनै अभियान आवश्यक देखिदैन् । चौधरी फाउन्डेनद्वारा सञ्चालित कुनै पनि क्रियाकलापमा कुनै किसिमको व्यवसायिक गतिविधीहरु सञ्चालन नहुने हाम्रो स्पष्ट नीति रहेको कुरा पनि जानकारी गराउन चहान्छौँ ।’

बलियो नेपाल नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरूको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरूको माग बृद्धि गर्ने उदेश्यका साथ स्थापित एक स्वतन्त्र गैर नाफामुलक संस्था रहेको चौधरी गु्रपको भनाइ छ । बलियो नेपाल नेपालको नागरिक समाजका अग्रजहरु नेतृत्वकर्ता रहको स्वतन्त्र बोर्डद्वारा सञ्चालित रहेको जनाइएको छ ।  

नेपालमा बलियो नेपाल अभियानको सुरुवात तथा यसको विकास एवं विस्तार गर्नका लागि संयुक्त राज्य अमेरिका स्थित बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले चौधरी फाउन्डेसनलाई अनुदान सहायता प्रदान गरेको हो । 

निजी क्षेत्रका सरोकारवालासँगको बृहत छलफल, गहन बजार अध्ययनका साथै विशेषज्ञहरुद्वारा विभिन्न आर्थिक एवं सामाजिक पृष्ठभूमिका व्यक्तिहरूको खानपिन सम्बन्धी व्यवहार तथा पोषण स्तर बुझ्ने प्रयत्नपश्चात सम्बन्धीत क्षेत्रका विज्ञ तथा समाजका प्रभावशाली व्यक्तित्वहरु एकजुट भई प्रारम्भ गरिएको यस अभियान नोभेम्बर १, २०१९ बाट सुरुवात भएको हो । 


 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');