काठमाडौं । राजधानीको बाँसवारीस्थित एक जग्गाको खरिदबिक्री विवादका कारण ठूलै अपराधी झै व्यवसायी डा. रुप ज्योतिलाई प्रहरीले पक्राउ गर्यो । बिहिबार सिंगापुरबाट नेपाल फर्केलगत्तै विमानस्थलबाट ज्योतिलाई पक्राउ गरिएको थियो ।
उनलाई प्रहरीले शुक्रबार जिल्ला अदालतकमा अनुसन्धानका लागि भन्दै म्याद थप गर्न लगेको थियो । काठमाडौं जिल्ला अदातलका न्यायाधीश सूर्यनाथ अधिकारीले ज्योति र उनीसँगै पक्राउ परेकी छोरी सूरुचीलाई अनुसन्धानका लागि तीन दिनको म्याद थपेका छन ।
म्याद थप भएपछि ज्योतीले न्यायाधीशलाई गरे यस्तो प्रश्न, श्रीमान् म कुन आरोपमा समातिएँ र किन तीन दिन म्याद थपियो ?यति सोध्दा न्यायधीश अधिकारीले टाउको हल्लाए मात्र ।
कुन गल्तीमा मलाई समातियो अनि व्यवसायमा लागेर नयाँ केही गर्ने योजना बनाएको मेरो छोरीको यसमा के दोष र उनलाई किन पक्राउ गरियो ?
यसपछि न्यायाधीश अधिकारीले प्रहरीले पाँच दिनको म्याद थपेको र आफुले तीन दिनको म्याद थप गरेको कुरा सुनाए । पक्राउ र म्याद थपको विषयमा न्यायाधीशले नै जवाफ नदिएपछि ज्योतिले अगाडी भने,
‘अदालतको आदेशपछि म सिंगापुरबाट नेपाल आएको हुँ, म नेपाल छोडेर बाहिर बस्न सक्दिन, मलाई नेपालको कानूनको विश्वास छ, त्यसैले म नेपाल आए,’
‘भाग्ने अवस्थामा, प्रमाण नष्ट गर्ने अवस्थामा या पैसाको लोभ गर्ने अवस्था आएमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्ने हो तर म उल्टो नेपाल नै आए, एयरपोर्टमै अपराधी झै समातियो,’ उनले भने ।
‘विवाद भएको जग्गाको विषयमा जाहेरीवालाले अदालतमा निवेदन दिनु तीन दिनअघि नै १ करोड २६ लाख रुपैयाँ मैले अदालतमा जम्मा गरिदिएको थिए, यसमा पैसाको पनि कुरा थिएन,’ जिल्ला अदालतको १० नम्बर बेञ्चको बहसमा ज्योतिले न्यायाधीशलाई भने ।
‘यस्तो विषयमा म बाहिर बस्दा के प्रमाण नष्ट हुने देखियो र ७० बर्षको व्यक्तिलाई उसको छोरीसँगै हिरासतमा राख्न म्याद दिइयो श्रीमान् ?’ ‘राख्ने नै भए मलाई राखियोस् छोरीलाई छोडियोस् ।’
उनले अदातलमा अगाडी भने, ‘जबकी पक्राउ पर्ने बित्तिकै मलाई अस्पताल जान सुझाव दिए म सामान्य थुनुवाजस्तै गरेर हिरासतमै बस्छु भने, म कानूनलाई सघाउन आएको हुँ, मलाई प्रहरीले खोज्दै छ भन्ने थाहा हुँदाहुँदै पनि म सिंगापुरबाट आएको हुँ,’
बाँसवारीस्थित ल्याण्डमार्क डेभलपर्स प्रालि र विजेन्द्रकृष्ण मल्लबीच २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौतापछि विवाद बढ्दै जाँदा ज्योती बिहिबार पक्राउ परेका हुन् ।
सम्झौतामा ६ आना ३ दाम २.१६ पैसा जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्ने कुरा उल्लेख थियो । त्यही सम्झौताको आधारमा मल्लले कम्पनीलाई १ करोड ३६ लाख बुझाएका थिए । ल्याण्डमार्क घर बनाउन सीई कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो ।
तर त्यसमा घर नबनेपछि मल्लले आफु ठगिएको भन्दै प्रहरी हुँदै अदालत पुगेका थिए । मल्लले २०७५ मंसिर १६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जोहरी दिएका थिए । प्रहरीले ज्योतिलाई पक्राउ गर्न अदातलबाट आदेश लिएको थियो ।
त्यो आदेशको खारेजीको माग गर्र्दै रुप ज्योति सर्वाेच्च अदालत गएका थिए । यहि मुद्धामा कार्तिक १८ रुपको माग नपुग्ने भन्दै सर्वाेच्चले रिट खारेज गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ल्याण्डमार्कमा ज्योतिको साझेदारी छ । त्यसैले उनी पक्राउ परे तर मल्लले दिएको अग्रिम पैसा सीई कन्स्ट्रक्सनले बुझेको ज्योति समूहको भनाई छ ।