बैंकर्स संघको अध्यक्ष दाहाल बन्ने सहमति

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर १५, आइतबार ,१२:५४:PM  
बैंकर्स संघको अध्यक्ष दाहाल बन्ने सहमति

काठमाडौँ । नेपाल बैंकर्स संघको आगामी अध्यक्ष सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) भुवन दाहाल हुने भएका छन् ।

यहि मंसिर १९ गते हुने संघको साधारण सभाले दाहाललाई अध्यक्ष बनाउने सहमति भएको बर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताएका थिए । यसअघि अन्य वाणिज्य बैंकका सिइओहरुले इच्छा नदेखाएका कारण वर्तमान अध्यक्ष  ढुंगाना नै दोहिोरिने पक्का भएको थियो ।

तर, पछिल्लो समयमा सिइओ दाहालले इच्छा देखाएपछि आगामी कार्यकालका लागि उनैलाई अध्यक्ष बनाउने सहमति भएको उनले जानकारी दिए । ‘अहिलेको अवस्था हेर्दा उहाँ नै आगामी कार्यकालको अध्यक्ष बन्ने जस्तो छ ’ अध्यक्ष ढुंगानाले भने । अरु सिइओ इच्छुक भएपछि आँफुले छोडेको उनको भनाई छ । ‘कोही नआएकाले मलाई बन्न बाध्यता थियो, उहाँ आउने भएपछि ढुक्क भो ।’ अध्यक्ष ढुंगानाले क्यापिटल नेपालसंँग भने । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');