एकिकृत कारोबार लगत्तै ग्लोबल र जनता बैंकका २९ शाखा मर्ज गरिने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर १६, साेमबार,०२:४९:PM  
एकिकृत कारोबार लगत्तै ग्लोबल र जनता बैंकका २९ शाखा मर्ज गरिने 

काठमाडौँ ।   मंसिर २० बाट एकिकृत कारोबारको तयारी गरिरहेका  ग्लोबल आइएमई बैंक र जनता बैंकले कारोबार लगत्तै एकै स्थानमा दोहोरिएका शाखाहरु मर्ज गर्ने भएका छन् । ।

एकिकृत कारोबारपछि ग्लोबल आइएमईले पहिलो चरणमा त्यस्ता २९  शाखाहरु मर्ज गराउने तयारी भइरहेको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)पर्शुराम कुँवर क्षेत्रीले बताए । ‘हामीहरुले पहिलो चरणमा २९ वटा शाखा मर्ज गर्ने तयारी गरेका छौँ ।’ उनले भने । त्यस्तै, उपत्यका नजिक रहेका दश वटा जति शाखाहरु दोहोरिए पनि अहिल्यै मर्ज गरिहाल्नु पर्ने अवस्थामा नरहेको उनको भनाई छ ।

एकिकृत कारोबारपछि बैंकका शाखा तथा शाखारहित बैंकिङ सेवा ३ सयको हाराहारीमा हुनेछन् । शाखा रहित बैंकिङ सेवा र शाखा गर्दा ग्लोबल आइएमई बैंक सबैभन्दा ठुलो बैकिङ संजालको भएको सस्थाको रुपमा रहने सिइओ क्षेत्रीको भनाई छ । हाल ग्लोबल आइएमई बैंकका १ सय ५४ र जनता बैंकका ९७ शाखा सञ्चालनमा छन् । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');