काठमाडौं । सुर्तिजन्य पदार्थको कारोबारमा अन्तःशुल्क र मूल्य अभिवृद्धि कर(भ्याट) तथा आयकर छलि गर्ने ३ ओटा फर्मका सञ्चालक बिरुद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरु बिरुद्ध १ करोड ८४ लाख ४१ हजार २ सय ८० रुपैयाँ विगो र विगोको दोब्बरसम्म जरिवाना तथा ३ वर्ष कैद सजायको माग दावी सहित राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ चन्द्रौटाका लुम्बिनि पान मसला तथा सुर्ति गुट्खा उद्योग सञ्चालक अब्दुल्ला मुसलमानलाई ७८ लाख ४८ हजार ८ सय ३१ रुपैयाँ उक्त उद्योगको थोक बिक्रेता एनएस ट्रेर्डर्स एण्ड सप्लायर्सका प्रोपाइटर दुजमान थापाले ५४ लाख ४५ हजार ७ सय ५ रुपैयाँ गरी १ करोड ३२ लाख ५४ हजार ५३६ रुपैयाँ राजस्व चुहावट गरेको कसुरमा विगो कायम गरी मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
त्यस्तै, कपिलवस्त जिल्ला माँयादेवी गाउँपालिका ८ बस्ने अर्घाखाँची मेटल स्क्राप सप्लायर्सका प्रोपाइटर सकिल अहमद फकिरले १२६७.२ केजि अर्ध तयारी सुर्तिजन्य वस्तु भन्सार चोरी पैठारी गरी उक्त सुर्तिबाट व्राण्ड विनाको सुर्ति तयार गरी राजस्व चुहावट गरेको कसुरमा ५१ लाख ८६ हजार ७४४ रपैयाँको विगो कायम गरी मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
थप
expand_moreकम
expand_less