बक्यौता तिर्न स्मार्ट र नेपाल स्याटेलाईटलाई  ५ बर्षको समय

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २४, बिहीबार,०५:१५:PM  
बक्यौता तिर्न स्मार्ट र नेपाल स्याटेलाईटलाई  ५ बर्षको समय

काठमाडौं । सरकारले स्मार्ट टेलिकम, नेपाल स्याटेलाईट प्रालि र ईन्टरनेट सेवाप्रदायक वेबसर्फरलाई बक्यौता रकम तिर्न ५ बर्षको समय दिएको छ । ५ किस्तामा बक्यौता तिर्ने शर्त मन्त्रीपरिषदले सेवा  प्रदायक कम्पनीलाई खारेजीबाट जोगाएको हो ।

बिहीबार सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै ३ कम्पनीले तिर्नुपर्ने बक्यौता रकम ब्याजसहित ५ किस्तामा बुझाउन सक्ने निर्णय गरिएको बताए ।

उनका अनुसार यी ३ कम्पनीले आफुले बुझाउनुपर्ने रकमको पहिलो किस्तावापतको रकम चालु आवको असार मसान्तसम्म र अन्य ४ किस्ता प्रत्येक आर्थिक बर्षलाई एक किस्ता मानेर तिर्न सक्नेछन । 

‘यसरी तोकिएको किस्ता रकम नबुझाए प्रचलित कानुनबमोजिम अनुमतिपत्र खारेज गरिने छ’, उनले भने । नेपाल दूरसंचार प्राधिकरणले ती कम्पनीहरुले विभिन्न शिर्षकमा तोकिएको बक्यौता समयमै तिर्न नसक्ने भएपछि लाईसेन्स खारेज गरेको थियो । तर, ती कम्पनीहरु प्राधिकरणको निर्णय पुनरवलोकनको लागि मन्त्रिपरिषदमा पुगेका थिए । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top