काठमाडौं। ओमानमा सम्पन्न आइसिसी टी२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सामोआमाथि शानदार जित निकाल्दै नेपालले उपाधि रक्षा गरेको छ। आफ्नो अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनले पराजित गरेको हो।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा टस जितेर सामोआले फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो।
छनोटका समूह चरण र सुपर सिक्समा नेपाल एक मात्र अपराजित टोली हो। यता सामोआले सुपर सिक्समा कुनै खेल जितेको छैन। कमजोर टोलीमाथि सानदार जित निकाल्दै नेपालले सिरिजको उपाधि हात पारेको हो।
आजको खेलमा नेपालका लागि आसिफ शेखले सर्वाधिक ६९ रनको योगदान दिए। उनले ४१ बलमा सात चौका र चार छक्का प्रहार गर्दै ६९ रनको योगदान दिएका हुन्।
त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए। उनले ३३ बलमा दुई चौका र चार छक्काको मद्दतमा ५३ रन जोडेका हुन्। लोकेश बमले ३९ रन जोड्दा कप्तान रोहित पौडेलले अविजित २१ रन बनाए। कुशल भुर्तेलले १७ रन जोडेर आउट भए।
नेपालले आजको खेलमा उपाधि जितेसँगै सरकारी पुरस्कार ऐनको विधानअनुसार हरेक खेलाडीले १९ लाख ५० हजार पाएका छन्।
सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक-एक विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको सामोआले जम्मा ८७ रन बनाएको थियो। सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए।
बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए।
नेपालले आजको खेलमा उपाधि जितेसँगै सरकारी पुरस्कार ऐनको विधानअनुसार हरेक खेलाडीले १९ लाख ५० हजार पाएका छन्।
त्यस्तै, यसअघि नेपालले टी-२० अन्तर्राष्ट्रिय सिरिजमा दुई पटकको विश्व विजेता वेस्टइन्डिजसँग सिरिज पनि जितेको थियो। यसबापत नेपालले सोही विधानमा उल्लेख गरिएअनुसार दुई पक्षीय अन्तर्राष्ट्रिय सिरिज जितेकाले प्रत्येक खेलाडीले एक लाख प्राप्त गरिसकेका छन्।
टी-२० वर्ल्डकपका लागि क्वालिफाइ भएसँगै अर्नाले नेपाली टोलीलाई ५१ लाख सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो।
यसअघि नेपाल टी-२० विश्वकपमा क्वालिफायर भएसँगै अर्ना (यति ब्रुअरी)ले नेपाली टोलीलाई ठूलो सहयोग गर्ने घोषणा गरेको रकम पाउने भएको छ। कम्पनीले यसपालिको आसीसी टी-२० वल्ड्र कप क्वालिफायरमा सहभागी हुने नेपाली टोलीलाई अर्नाले पूर्ण सहयोग गरेको हो।
टी-२० वर्ल्डकपका लागि क्वालिफाइ भएसँगै अर्नाले नेपाली टोलीलाई ५१ लाख सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो। साथै, नेपालमा क्रिकेट पूर्वाधार विकासलाई दीर्घकालीन दृष्टिकोणसहित अघि बढाउन सीएसआर कोषमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई थप ५१ लाख सहयोग गर्ने निर्णय गरेको थियो।
कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यो कदम नेपालको क्रिकेटको उज्जवल भविष्य सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो। अबको ऐतिहासिक यात्रामा हामी सबै नेपाली एकजुट भई टिम नेपाललाई समर्थन गरौँ।’