बास्कोटा र ढकाललाइ थप मन्त्रालयको जिम्मेवारी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २५, शुक्रबार,०७:५४:PM  
बास्कोटा र ढकाललाइ थप मन्त्रालयको जिम्मेवारी

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ढकाल र बास्कोटालाई मन्त्रालयको जिम्मेवारी थप गरेकी हुन् ।

गत पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम ढकाल र बास्कोटालाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top