महालक्ष्मी सुगर मिलका सञ्चालक कनौडियाले दिए उखु किसानको भुक्तानी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २५, शुक्रबार,०८:३६:PM  
महालक्ष्मी सुगर मिलका सञ्चालक कनौडियाले दिए उखु किसानको भुक्तानी

काठमाडौं । महालक्ष्मी सुगर मिलका सञ्चालक विरेन्द्र कनौडियाले उखु किसानको भुक्तानी गरेका छन् । नेपाली कांग्रेसले पार्टीका प्रदेश ५ संसदीय दलका उपनेतासमेत रहेका चिनी मिल सञ्‍चालक  कनौडियले उखु किसानको १२ करोड रुपैयाँ भुक्तान गरेका छन् । 
उनले किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेका हुन् । उनका अनुसार बाँकी रहेको ६ करोड रुपैयाँ यथाशीघ्र चुक्ता गर्नेसमेत प्रतिबद्धता जनाएका छन् । 

यसअघि कांग्रेसले नेता कनौडियालाई सार्वजनिक सूचना जारी गरेर पुस २५ गतेभित्र उखु किसानको वक्यौता रकम भुक्तानी गर्न उर्दी जारी गरेको थियो । प्रतिपक्षी कांग्रेसले अन्य चिनी मिल सञ्चालकहरुबाट किसानको वक्यौता रकम भुक्तानी गराउन सरकारसँग आग्रह गर्दै आएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top