नेपालको फलाम उच्चकोटीको, नमूना परीक्षण गर्न अन्तिम पटक चीन पठाइयो 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २७, आइतबार ,०४:२५:PM  
नेपालको फलाम उच्चकोटीको, नमूना परीक्षण गर्न अन्तिम पटक चीन पठाइयो 

काठमाडौं । सरकारले नेपालमा उत्पादित फलामको गुणस्तर परीक्षण गर्न अन्तिम पटक नमूना चीन पठाएको छ । यसअघि दुई पटक पठाइएका नमूना परीक्षण गर्दा पसारीको धौबादीमा रहेको फलामखानीबाट उच्च कोटी निस्किने चिनियाँ रिपोर्ट आएपछि अहिले उद्योग मन्त्रालयले अन्तिम पटक नमूना पठाएको हो । 

परासीको धौबादीबाट पहिलो चरणमा निकालिएको फलाम परीक्षण गर्दा व्यावसायिक रुपमा प्रयोग गर्न मिल्न सक्ने रिपोर्ट आएको र चिनियाँँ पक्षले नै दोस्रो र तेस्रो पटकसम्म नमूना पठाउन भनेपछि उद्योग मन्त्रालयले तेस्रो पटक पठाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए । 

‘दुई ओटा रिपोर्ट आइसकेको छ, नमूना परीक्षणका लागि तेस्रो पटक पनि चीन पठाइएको छ,’ मन्त्री भट्टले भने, ‘त्यहाँबाट उत्पादित फलाम व्यावसायिक रुपमा प्रयोग गर्न मिल्ने रिपोर्ट आएको छ ।’ 

मन्त्रालयका सचिव यामकुमारी खतिवडाले धौबादी फलाम कम्पनी लिमिटेड स्थापना समेत गरिसकेको बताइन् । त्यहाँ रहेको फलामको चिनियाँ प्रयोगशालामा गरिएको गुणस्तरको नमूना सम्पन्न भइसकेको छ । हाल औद्योगिक/व्यावसायिक परीक्षणको कार्य अन्तिम चरणमा पुगेको छ । 

नेपालले पहिलो पटक ५ हजार केजी फलाम निकालेर चीन पठाएको थियो । दोस्रो पटक पनि सोही परिमाणमा फलाम निकालेर चीन पठाइएको थियो । अन्तिम पटक पनि सोही परिमाणमा पठाइएको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।  खानीबाट प्रत्येक दिन ८०० टन फलाम उत्पादन गर्न सकिने र ३० वर्षसम्म यसको अवधि रहेको देखिएको छ ।  

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top