एटलान्टिक इन्टरनेशनल कलेजले मनायो सातौं दिक्षान्त समारोह, १२० जना विद्यार्थी दिक्षित

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २८, साेमबार,०४:२७:PM  
एटलान्टिक इन्टरनेशनल कलेजले मनायो सातौं दिक्षान्त समारोह, १२० जना विद्यार्थी दिक्षित

काठमाडौं । गल्कोपाखा सामाखुशीस्थित एटलान्टिक इन्टरनेश्नल कलेजले पृथ्वी जयन्तीको अवसरमा दिक्षान्त समारोह सम्पन्न गरेको छ । कलेजले २०१५ व्याचका विविए र विविए–वि.आइका विद्यार्थीहरुलाई १२० जना विद्यार्थीलाई उक्त समारोहमा दिक्षित गरेको छ ।

समारोहमा विविएतर्फका ८० जना र विविए–वि.आई तर्फका ४० जना विद्यार्थीहरु दिक्षित भएका हुन । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भइ कलेजले आफ्नो स्थापनाकाल देखी नै वि.वि.ए र विविए–वि.आई उर्तिण गर्ने विद्यार्थीहरुलाई दिक्षित गर्दै आएको छ । 

दिक्षीत विद्यार्थीलाई नयाँ अवसरहरु प्राप्त होस र बैंक तथा वित्तीय क्षेत्रमा आफ्ना विद्यार्थीहरुको उत्साहप्रद उपस्थित होस भन्ने हेतुले दिक्षान्त समारोह गर्ने गरेको कलेजले जानकारी दिएको छ । विभिन्न बैंक तथा इन्सुरेन्स कम्पनीका प्रतिष्ठित पदाधिकारीहरुलाइ समेतलाई आमन्त्रण गरी दिक्षित विद्यार्थीहरुको क्षमता बुझ्न र उनीहरुलाई अरु परिस्कृत गर्दै मार्ग निदेशन दिन पनि दिक्षान्त समारोह एउटा महत्वपूर्ण दिन भएको कलेजले जनाएको छ ।

पोखरा विश्वविद्यालय अन्तरगत सबैभन्दा राम्रो परिक्षा परिणाम ल्याउन सफल भएकाले कलेजले बैंकिङ तथा इन्सुरेस क्षेत्रमा आवश्यक उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्दै आएको छ । 

विभिन्न प्रतिष्ठित बैंकसंग साझेदारी गर्दै  विभिन्न वर्षहरु आफ्ना दिक्षित विद्यार्थीहरुलाई जब ल्पेसमेन्ट पनि गर्दै आएको छ । शैक्षिक तथा अन्य सीपको तालिम दिदैं आएको उक्त कलेजले हालसम्म १२१ जनाविश्वविद्यालय टपरहरु र ९५ जना डिन लिष्ट होल्डरहरु उत्पादन गरिसकेको छ ।जुन, पोखरा विश्वविद्यालयमा नै सर्वोत्कृट परिणाम हो । 

सातौ दिक्षान्त समारोहमा प्रमुख अतिथि नेपाल बीमा कम्पनीका अध्यक्ष तथा प्राध्यपक उमेश चन्द्र उपाध्यायले विद्यार्थीहरुलाई कुशल व्यवस्थापक बन्न शिक्षा आर्जन गर्नुपर्ने भन्दै नैतिक शिक्षाको खाँचो रहेको औल्याए । उनले नैतिक ज्ञान र मेहनती विद्यार्थीहरु विश्वको जुनै कुनामा गएर पनि बाच्न सक्ने बताए ।

त्यस्तै, ज्योती विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनोजकुमार ज्ञवालीले विश्वभरी कुशल व्यवस्थापक बन्नका लागि व्यवस्थापन बिषयको अध्ययन हुनुपर्ने आवश्यकता रहेको बताए । उनले प्राविधिक शिक्षाभन्दा व्यवस्थापक शिक्षाको महत्व र उपयोगीता बढ्दै गएको बताए । 

यसअघि सफल र दिक्षित विद्यार्थीहरु देशका सवै क्षेत्रमा सफल हुदै गएको कलेजका निर्देशक ध्रुव सुवेदीले बताए । कलेजले विद्यार्थीको सर्वाङ्कीर्ण विकासमा ध्यान दिएकाले दिक्षित विद्यार्थीहरु बजारमा सजिलै बिक्न सकेको सुवेदीको भनाइ छ । 

कलेजका संस्थापक प्राचार्य इन्जिनियर शंकरनाथ अधिकारी कलेजले मानव पूँजी विकासलाई फोकस गरी पढाइ सञ्चालन गरेकाले पछिल्लो बजारमा रहेको ‘मानव स्रोतको अभाव पूर्ण गर्ने काम गरेको बताए । ‘बजारलाई जस्तो खालको व्यक्ति चाहिन्छ । हामीले त्यस्तै अनुसारको कोर्ष थप गरी विद्यार्थीलाई पढाउँदै आएका छौं’ उनले भने, ‘यसले पनि हाम्रा विद्यार्थी अरु कलेजभन्दा भिन्न रुपमा सक्षम र बजारअनुसार बिक्न सकेका छन् ।’  
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top