कर छलि मुद्धामा व्यवसायीले हारे,राजश्व,जरिवाना र ब्याज तिर्नुपर्ने सर्वोच्चको ठहर

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २८, साेमबार,०५:२४:PM  
कर छलि मुद्धामा व्यवसायीले हारे,राजश्व,जरिवाना र ब्याज तिर्नुपर्ने सर्वोच्चको ठहर

काठमाडौं। एक दशक  अघिको मूल्य अभिवृद्धि  (भ्याट) र आय कर सम्बन्धि मुदामा व्यवसायीले हारेका छन । प्रधान न्यायाधीस चोलेन्द्र शम्शेर राणा र न्यायाधीस प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सोमबार शंकर अक्सिजन ग्यास, एआइटी प्रालि र भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई हराइ दिएको छ।

यसैगरी अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सको पक्षमा भएको पुरानो फैसला सर्वोच्चले उल्टाइ दिएको छ।व्यवसायीहरु आन्तरिक राजस्व कार्यालय, आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयबिरुद्ध  सर्वोच्च पुगेका थिए ।

भाटभटेनी स्टोर र शङ्कर अक्सिजनले नक्कली भ्याट बिल र आय कर अन्तर्गतको लाग्ने राजश्व, जरिवाना र ब्याज दुबै तिर्नु पर्छ। अरुण इन्टरकन्टिनेन्टलले पनि सबै राजश्व बुझाउनु पर्ने हुन्छ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top