नेपाल बिल्डटेक एक्स्पो २०२० को तयारी पुरा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,०५:५५:PM  
 नेपाल बिल्डटेक एक्स्पो २०२० को तयारी पुरा

काठमाडौं । नेपाल बिल्डटेक एक्स्पो २०२० को तयारी पुरा भएको छ । माघ ३ देखी ५ गतेसम्म हुने एक्स्पोमा निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचर सहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु रहने नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एवंम संयोजक निकोलस पाण्डेले जानकारी दिए ।

निर्माण व्यवसायी महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा एक्स्पोको आयोजना हुन लागेको हो । महासंघले आफ्नो इतिहासमा नै पहिलो पटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको यस एक्स्पो निर्माण क्षेत्रमा रुची राख्ने सबैका लागि उपयुक्त मञ्च हुने महासंघका अध्यक्ष सिंहले बताए ।

निर्माण व्यवसायीहरुलाई विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र उपकरण बारे अवगत गराउन एक्स्पो उपयुक्त मञ्च उनको भनाइ छ । तीन दिने एक्स्पो करीब ५ हजारले अवलोकन गर्ने अनुमान गरिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले बताए ।

यसैबीच सोही अवसरमा निर्माण व्यवसायी महासंघको २१ औं साधारण सभा पनिे भक्तपुरको सल्लाघारी मैदानमा नै हुने भएको छ । देशभरका १५ सय भन्दा बढी व्यवसायीको सहभागिता रहने साधारण सभाको तयारी लगभग पूरा भएको जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top