स्याङ्जामा बजाजको नयाँ शोरुम

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,०६:०१:PM  
 स्याङ्जामा  बजाजको नयाँ शोरुम

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले स्याङ्जामा नयाँ शोरुम ‘अर्पण इन्टरप्राइजेज’ को शुभराम्भ गरेको छ ।

नयाँ शोरुममा बजाजको सेल्स, सर्भिस र स्पेयर्स उपलब्ध हुने अर्पण इन्टरप्राइजेजका प्रोप्राइटर अरुण श्रेष्ठले बताए । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको विश्वास छ ।

नयाँ शोरुम उद्घाटन गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी स्याङ्जामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top