मिडियाप्रति प्रधानमन्त्रीको गुनासो, ‘सरकारले गरेका राम्रा कामको समाचार बनेनन्, राम्रो लेख्ने सम्पादक भएनन’ 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,०८:४७:PM  
मिडियाप्रति प्रधानमन्त्रीको गुनासो, ‘सरकारले गरेका राम्रा कामको समाचार बनेनन्, राम्रो लेख्ने सम्पादक भएनन’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले सरकारले गरेका राम्रा कामको समाचार नै बन्न नसकेको गुनसो गरेका छन् । 
बालुवाटारमा नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरे । सरकारले सडकलाई मानवमुक्त बनाएको प्रसङ्ग उल्लेख गर्दै ओलीले अहिले सडकमा कुनै पनि मानिस वेवारिसे नभेटिने दावी गरे । 

आफुले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रुपमा लिने गरिएको भएपनि अहिले काम भइरहेको प्रधानमन्त्री ओलीले दाबी गरे । उनले भने, ‘सरकारले गरेका कामहरुको प्रशंसामा लेख्ने, प्रशारण गर्ने टेलिभिजन छैन, त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन् । त्यस्ता काम प्रशंसा गर्ने मन भएका सम्पादक छैनन् ।’

प्रधानमन्त्री ओलीले चेम्बरका व्यवसायीहरुलाई लगानीमैत्री वातावरण निर्माणका लागि ऐन कानुनहरुमा संशोधन गर्नुपर्ने भए संशोधन गर्न तयार रहेको बताए ।  
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top