एमसीसी परियोजनामा सैन्य मामिला जोडिएको छैन–अमेरिकी दुतावास

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ ३, शुक्रबार,०७:०२:PM  
एमसीसी परियोजनामा सैन्य मामिला जोडिएको छैन–अमेरिकी दुतावास

काठमाडौं । मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नभएको  काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

शुक्रबार दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै सैन्य अभ्यास तथा त्यसखालका मामिलासँग यो परियोजना सम्वन्धीत नभएको जनाएको हो ।  ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।’ दुतावासबाट सार्वजनिक सुचनामा भनिएको छ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र नै एमसीसी परियोजना, इण्डो प्यासिफिककै अंग भएको भन्दै विरोध भइरहेको छ। नेकपाका नेता भीम रावल, देवेन्द्र पौडेल लगायतका नेताले एमसीसीको विरोध गरेका छन् । 

तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने एमसिसी परियोजना कार्यान्वयन गर्न माग गर्दै आइरहेको छ। एमसीसी परियोजना अमेरिकी सरकारले नेपालको पूर्वाधार विकासका लागि अनुदानमा दिने रकम हो । जुन, सडक, प्रसारण लाइन लगायतका संरचना ५ बर्षभित्र बनाइसक्नुपर्छ ।

एमसीसीअन्र्तगत अमेरिकी सरकारको ५० अर्ब अनुदान नेपालको विकास लागि खर्च गर्नुपर्छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top