टुडिखेलमा सोनामा ल्होछार पर्वको रौनक(फोटोफिचर) 

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ माघ ११, शनिबार,०६:३९:PM  
टुडिखेलमा सोनामा ल्होछार पर्वको रौनक(फोटोफिचर) 

काठमाडौं । तामाङ समुदायले नयाँ वर्ष २८५६ औं ’सोनाम लोछार’ मनाएका छन् ’लो’ को अर्थ वर्ष तथा ’छार’ को अर्थ नयाँ वर्ष हो । सो समुदायले सोहीपर्वका अवसरमा एक आपसमा शुभकामना आदान प्रदान तथा खुसीयाली साटासाट गर्ने प्रचलन छ । विशेष गरी सो समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् ।

सो पर्वमा शनिबार मुसा वर्षलाई स्वागत गरिएको छ । उनीहरूले मिठा खानेकुरा पकाएर खाने, साथीभाइ भेटघाट गर्ने र भोज खाने प्रचलन छ । पानी रोटीमा विभिन्न मरमसला राखि बनाइएको परिकार, गेडागुडीका परिकार, मासु तथा रक्सी लगायत खानेकुरा पनि खाइन्छ।

मञ्जुश्रीले चन्द्र पात्रोको विकास गरी त्यसलाई धर्मदेशनाका रुपमा बाहिर ल्याउने कार्य गरेको स्मरणमा सो पर्व मनाउने गरिएको जनविश्वास छ । 

राजधानीको टुडिँखेलमा पनि सोनाम ल्होछार हर्षोउल्लासका साथ मनाइएको छ । हेर्नुस फोटोफिचर ः

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top