कोरोना भाइरसबाट बच्न नेपाली व्यापारीले दिए चीनका व्यापारीलाइ १२ हजार मास्क

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ १९, आइतबार ,०३:४०:PM  
कोरोना भाइरसबाट बच्न नेपाली व्यापारीले दिए चीनका व्यापारीलाइ १२ हजार मास्क

काठमाडौं । नेपाली व्यापारीले मित्रराष्ट्र चीनका व्यापारीलाइ १२ हजार मास्क प्रदान गरेका छन् । हाल चीनमा फैलिएको नोवल कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त भइरहेका बेला संकमणबाट बच्न मास्क प्रदान गरेक हुन् ।

हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसँग चीनमा सुरक्षाका लागि माक्सको माग बढ्दो छ । 

नेपाल–चीन उद्योग वाणिज्य संघमा आवद्ध व्यापारीहरुले भाइरस फैलिएमा नेपालमा समेत फैलन सक्ने सम्भावना रहेकाले नेपाली व्यापारी मिलेर चाइना तिव्वत चेम्बर अफ बोर्डर व्यापारलाइ मास्क प्रदान गरेका हुन् । 

सीमा जोडिएको चीनीया प्रान्त तिव्वतमा समेत अहिले उक्त भाइरसको जोखिम बढी छ । उक्त चेम्बरसँग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top