मूल्य बढेपछि कतार र दुबईमा तरकारी निर्यात रोकियो 

account_box हरिप्रसाद शर्मा ,
प्रकाशित: २०७६ माघ २८, मङ्गलबार,११:३३:AM  
मूल्य बढेपछि कतार र दुबईमा तरकारी निर्यात रोकियो 

काठमाडौं । पछिल्लो समय तरकारीजन्य वस्तुको मुल्य अस्वभाविक बढेसँगै कतार र दुबइ निर्यात हुने छाडेको छ । गतबर्षदेखि कल्याण घिमिरेसहित चार युवाको पहलमा ‘अल सामान इन्टरनेसनल’ कम्पनीले कतार र दुबइसम्म नेपाली तरकारी निर्यात गर्दै आएका थिए ।

तर, नेपालमा तरकारीको मुल्य ह्वात्तै बढेपछि एक महिनादेखि दुवै देशमा तरकारी पठाउन नसकिएको सञ्चालक सुमन बरालले बताए ।

तरकारी भाउ छोइनसक्नु भएकाले लागत पनि नउठ्न भएर निर्यात ‘होल्ड’ गरिएको उनले बताए बताए । ‘सस्तो तरकारी आएपछि मात्रै पठाउने भनेर बसेको छौं । अहिले तरकारी प्रतिकिलो सय घटी केही पनि आउँदैन । त्यही पनि कतार र दुबै पु¥याउँदा लागत पनि आउँदैन ’ उनले भने ।

तरकारी सस्तिएर आएपछि एक÷दुइ महिनापछि निर्यात पुनः थाल्ने उनको भनाई छ । ‘अहिले तरकारीको सिजन पनि कम हो । १÷२ महिनापछि तरकारीको रेट घटेर आयो भने पठाउने योजना छौं’ उनले भने, ‘अहिले किसानबाट पनि  तरकारी त्यति आएको छैन् । कालीमाटी बिचौलियाबाट खरिद गरेर पठाउन सम्भवै हुँदैन् त्यहि भएर होल्ड गरेका छौं ।’ 

दुइओटै देशमा नेपाली अग्र्यानिक तरकारी निर्यात हुँदै आएको बरालले बताए । विशेषगरी मूला, साग, निगुरो, गुन्द्रुक, तामा, करेला, काँक्रो, बोडी, खुर्सानीलगायत तरकारीजन्य वस्तु निर्यात हुँदै आएको छ ।  

अल सामान इन्टरनेशनलको सातदोबाटोमा तरकारी सङ्कलन केन्द्र र भण्डारणका लागि कोल्ड स्टोर छ । किसानबाट तरकारी ‘ग्रेडिङ’ गरी सङ्कलन केन्द्रमा ल्याइन्छ । केन्द्रमा पुनः तरकारीको ‘ग्रेडिङ’ गरी निर्यातयोग्य गुणस्तरको प्याकेजिङ गरी दुबइ र कतार पठाउने गरिएको थियो ।

सङ्कलन केन्द्रबाट प्याक गरिएको तरकारी एयरपोर्टमा ‘क्वारेन्टाइन’ परीक्षण र स्टोर गरेर मात्र पठाउने गरिएको छ । अहिले कतारसम्म पुर्याउँदा ‘एयर कस्ट’ महँगो पर्ने बरालको भनाइ छ । उनका अनुसार प्रतिकिलो तरकारीको भाउ कतार पु¥याउँदा २० प्रतिशत महँगो पर्छ । कतारमा पुगेपछि विभिन्न मार्ट र मलसँग सम्पर्क गरेर बिक्रीको व्यवस्था मिलाइएको छ । कम्पनीका अनुसार, तरकारी निर्यातमार्फत मासिक न्यूनतम १५ लाख रुपैयाँ कारोबार हुने गरेको छ । 

जग्गा लिँजमा लिएर आफैं तरकारी उत्पादन गर्ने

तरकारीको मुल्य प्रतिष्पर्धा र जोखिम बढेकाले अब कम्पनी आफैंले जग्गा लिएर   उत्पादन गर्ने योजना बनाएको छ । अहिले २० रोपनी जग्गा लिजमा लिइसकेकाले आउँदो वर्षदेखि आफैंले तरकारी उत्पादन गर्ने सोच बनाएको बराल बताउँछन् ।

यसले बाहिरी बजारमा तरकारीको मुल्य घटबढ हुँदा पनि कम्पनी आफैंले निरन्तर निर्यात गर्न सक्नेछ । आउँदो दिनमा कम्पनीले लुभु र चापागाउँमा एक सय रोपनी जग्गा लिजमा लिने तयारी गरेको बरालले बताए । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कृषि बाट थप

Top