महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी घोषणा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १, बिहीबार,०४:५१:PM  
महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी घोषणा 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । प्रधान हाल महासंघको जिल्ला नगरको उपाध्यक्ष हुन् । 

महासंघको वरिष्ठ उपाध्यक्षमा एशोसियट उपाध्यक्ष रहेका चन्द्र ढकालले गृहजिल्ला बागलुङबाट उम्मेदवारी घोषणा गरिसकेका छन् । 
प्रधानले बिहीबार गृह जिल्ला विराटनगरबाट उम्मेदवारी घोषणा गरेका हुन् । लामाे समयदेखि महासङ्घकाे राजनीति लागेका प्रधानलाई २९ जिल्लाका अध्यक्षहरूकाे प्रतिवद्वता समेत रहेकाे छ ।

वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका प्रधानले महासङ्घमा २६ वर्ष विताएकाे बताए । अहिलेसम्म महासङ्घमै बसेर व्यवसायीकाे हकहितमा काम गरेकाे उनकाे भनाई छ । व्यवसायीलाई परेकाे पीरमार्कालाई लिएर सरकारसँग निरन्तर लडेकाे उनकाे भनाई छ । अहिले सरकारले ल्याएकाे कानुनले व्यवसायीलाई अप्ठ्यारो परेकाे र त्यसलाई सरलीकृत गर्न बारम्बार लबिङ गरेकाे प्रधानले बताए ।

प्रधानको समर्थनमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित पूर्व अध्यक्षहरु कुशकुमार जोशी, पशुपति मुराराका, विनोदबहादुर श्रेष्ठ विराटनगर पुगेका छन् । 

गाेल्छाकाे प्यानलबाट चुनाव लड्नका लागि अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ, कृष्ण दुलाल, दिप कुमार श्रेष्ठ, गणेश लाठ र अशाेक टेवानी सहितको टिम पनि विराटनगर पुगेका छ । प्रधानको टिममा हुने भनिएका सौरभ ज्योति भने विराटनगर गएनन् । यसअघि सौरभ ज्योतिको समर्थन एशोसियट उपाध्यक्षमा ढकाललाई थियो । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top