निगमले फेरि माग्यो ४७ जना पाइलट

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन २, शुक्रबार,११:३२:AM  
निगमले फेरि माग्यो ४७ जना पाइलट

काठमाडौं । नेपाल वायुसेवा निगमले फेरि ४७ जना पाइलटको लागि दरखास्त माग गरेको छ । शुक्रबार विज्ञापन प्रकाशित गर्दै निगमले सिनियर पाइलट २० जना, जुनियर पाइलट १४ र सिनियर को पाइलट १३ जना गरी कुल ४७ जना पाइलटका लागि विज्ञापन गरेको हो ।

एक वर्ष अघि २०७५ फागुनमा निगमले ५० जना पाइलट मागेको थियो । ती मध्ये १३ जना सिनियर क्याप्टेन, १५ जना जुनियर क्याप्टेन, ९ जना सिनियर को–पाइलट र १३ जना जुनियर को–पाइलट मागेको थियो । त्यो बेला को पाइलटले आवेदन दिएपनि क्याप्टनेमा भने न्यून आवेदन परेको थियो । 

पटक पटक दरखास्त आब्हान गर्दा पनि निगमले भने जति क्याप्टेन पाउन सकेको छैन । जसका कारण मंहगो शुल्क तिरेर विदेशी क्याप्टेनलाई प्रयोग गर्दै आएको छ । 

निगमले पाइलटका लागि आवेदन दिने अन्तिम मिति २०७६ फागुन २२ गतेसम्म र डबल दस्तुरमा २९ गतेसम्म तोकेको छ भने चैत्र १४ गते लिखित परिक्षा हुने उल्लेख छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top