काठमाडौं । माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन अपी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कम्पनीलाई प्रथम चरणमा चुक्तापुँजीको १ बराबर ०.४७ प्रतिशत अर्थात ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
पहिलो चरणको बिक्रीपछि कम्पनीले दोस्रो चरणको हकप्रद सेयर निष्कासन गर्ने सञ्चालक सतिश न्यौपानेले बताए ।
। कम्पनीले माथिल्लो चमेलिया निर्माणको लागि १ बराबर २ को अनुपातमा अर्थात २ अर्ब २६ करोड रुपैयाँको हकप्रद जारी गर्न बोर्ड समक्ष निवदेन दिएको थियो ।
विद्युत नियमन आयोगको सिफारिसमा कम्पनीलाई चरण चरण गरी आयोजना निर्माणको लागि हकप्रद जारी गर्ने निर्णय गरेको न्यौपानेले जानकारी दिए । सो हकप्रद हाल कम्पनीको कायम चुत्ता पुँजी १ अर्ब १९ करोडको १ बराबर ०.४७ कायम भएको छ ।
कम्पनी यस हकप्रद जारी गरि आगामी आर्थिक बर्षको शुरुवातमा चमेलिया निर्माणको प्रगती विवरण सहित पुनः दोस्रो पटक हकप्रद जारी गर्न बोर्डमा निवेदन पेश गर्ने भएको छ । दोस्रो चरणको हकप्रद निष्काशनको लागि समेत कम्पनीले विद्युत नियमन आयोगबाट स्विकृति प्राप्त गरिसकेको छ ।
कम्पनीले हाल ८.५ मेगावाटको नौगडगाढ आयोजना २०७२ साल भदौदेखि सञ्चालन गरि विद्युत बिक्री गरिरहेको छ । यस्तै ८ मेगावाटको माथिल्लो नौगडगाढ आयोजना कार्तिकबाट सञ्चालन गरि थप विद्युत बिक्री गरिरहेको छ । माथिल्लो चमेलिया आयोजना दार्चुला जिल्लामा छ ।
कम्पनीले माथिल्लो चमेलिया निर्माणलाई तिव्र रुपमा अघि बढाएको छ । आयोजनाको वित्तीय व्यवस्थापनको कार्य अन्तिम रुपमा रहेको छ । आयोजनाको निर्माण अबको ३० महिना भित्र सम्पन्न गर्ने कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले बताए । कम्पनीले बिगत ३ बर्षदेखि नियमित लाभांश वितरण गरिरहेको छ ।