सेयर बजार खोल्ने विषयमा धितोपत्र बोर्डले साढे १० बजेसम्म निश्चित गर्ने, स्टक ब्रोकरले गरे नखोल्ने  निर्णय

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,०८:५३:AM  
सेयर बजार खोल्ने विषयमा धितोपत्र बोर्डले साढे १० बजेसम्म निश्चित गर्ने, स्टक ब्रोकरले गरे नखोल्ने  निर्णय

काठमाडौं । सेयर बजार बन्द हुने वा नहुने अझै अनिश्चित रहेको छ । नियामक नेपाल धितोपत्र बोर्डले बजार खुलाउने वा नखुलाउने भन्ने निर्णय नगरेकाले अन्यौल देखिएको छ ।

आइतबार साढे १० बजेसम्म खोल्ने वा नखोल्ने भन्ने निर्णय बोर्डले गर्ने भएको छ । कोरोना भाइरसको संभावित संक्रमणबाट बच्नका लागि स्टक ब्रोकर एसोसियसन नेपालले कारोबार नगर्ने निर्णयमा पुगेको छ । 

एसोसियसनले सरकारले सेयर बजारलाई अत्यावश्यक सेवामा नराखेकाले बन्द गर्नुपर्ने निर्णय गरेको छ । शनिबार बसेको एसोसिसनको बैठकले चैत ९ देखि २१ गतेसम्म बन्दको निर्णय गरेको छ ।  यद्यपी बैंक तथा वित्तीय संस्था खु्ल्ने छन ।

नेपाल इन्भेस्टर्स फोरमा निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद पौडेल पनि सेयर बजार नखोल्न सुझाव दिएका छन । उनले नेपालको पुँजी बजारका सबै कार्यहरु र भुक्तानी प्रणाली समेत पुर्णरुपमा स्वचालित नभई सकेको सन्दर्भमा सेयर कारोबार गर्दा अनिवार्य रुपमा ब्रोकर तथा शेयर खरिद बिक्रीकर्ताहरुको भौतिक उपस्थिति अनिवार्य नै हुने गरेको बताउछन ।

उनले आइतबारदेखि कोरोनाको समस्या समाधान नभएसम्म ब्रोकर मार्फत सेयर खरिद बिक्री कारोबार रोक्का गर्नु सबै पक्षको हितमा हुने सुझाएका छन ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सेयर बाट थप

Top