विद्युत् नियमन आयोगको ई–हेयरिङ स्थगित

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १०, साेमबार,१०:२०:AM  
विद्युत् नियमन आयोगको ई–हेयरिङ स्थगित

काठमाडौं । विद्युत् नियमन आयोगले विद्युत् महशुल निर्धारण गर्नका लागि सर्वसाधारण, सरोकारवाला र ग्राहकको राय, सुझाव लिन आयोजना गर्ने भनेको सार्वजनिक सुनुवाइ स्थगित भएको छ ।

आउँदो १४, १६ र १७ गते हुने भएको विद्युत्तीय माध्यमबाट हुने सार्वजनिक सुनुवाइ(ई–हेयरिङ) तत्कालका लागि स्थगित गर्नुपरेको आयोगका प्रवक्ता रामप्रसाद धितालले बताए । 

२५ जना भन्दा बढि जम्मा भइ कार्यक्रम गर्न नपाइने भनेर सरकारले घोषणा गरेकाले पनि तत्काल सार्वजनिक सुनुवाइ स्थगति गरिएको उनले बताए ।

कोरोना भाइरस(कोभिड—१९) को संकमण फैलिन सक्ने सम्भावना र जोखिमका कारण अर्को निर्णय नहुँदा सम्म हालललाइ कार्यक्रम स्थगित भएको आयोगले जनाएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top