अत्यावश्यक उद्योग सञ्चालन गर्न अनिवार्य पास, यसो गर्नुपर्छ पास लिन 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ११, मङ्गलबार,०९:२२:AM  
अत्यावश्यक उद्योग सञ्चालन गर्न अनिवार्य पास, यसो गर्नुपर्छ पास लिन 

जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पास देखाए पछि मात्रै आवातजावातको अनुमति दिइने छ । उद्योग सञ्चालनका लागि कर्मचारीको अवाश्यकता हुन्छ । 

उद्योगीले जिल्ला प्रशासन कार्यालयबाट पास लिए पछि कर्मचारीलाई ल्याउन र लैजान पाइने छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार उद्योगको सिफारिस लिएर प्रशासन आउने र प्रशासनले पास उपलब्ध गराउने छ । 

‘सरकारले अत्यावश्यक उद्योग सञ्चालनका लागि कुनै रोकतोक लगाएको छैन । तर, पास भने लिनुपर्छ,’ कटवालले भने, ‘काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक उद्योगले काठमाडौंबाट पास पाउँछन् । अन्यत्र पनि प्रशासनले पास उपलब्ध गराउँछ ।’ 

काठमाडाैं वरिपरी अाैषधि, खानेपानीलगयतका धेरै उद्याेग छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top