कोरना भाइरस विरुद्ध लड्न लक्ष्मी ग्रुपले दियो १ करोड, फिभर क्लिनकमा पनि सहयोग गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १२, बुधबार,०२:५४:PM  
कोरना भाइरस विरुद्ध लड्न लक्ष्मी ग्रुपले दियो १ करोड, फिभर क्लिनकमा पनि सहयोग गर्ने 

काठमाडौं । व्यवसायिक प्रतिष्ठान लक्ष्मी ग्रुपले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड रुपैयाँको आर्थिक सहयोग गर्ने भएको छ। ग्रुपले बुधबार विज्ञप्ति जारी गरी सो जानकारी गराएको हो ।

विश्वव्यापी रुपमा आएको कोरोना भाइरस संकटले नेपाललाई समेत छोइसकेको यस्तो अवस्थामा सरकारले स्थापना गरेको राहात कोषमा सहयोग गर्न लागेको ग्रुपले जानकारी दिएको छ ।

यस्तै ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पतालमा कोरोना भाइरसको प्रारम्भीक परीक्षणका लागि फिभर क्लिनिक स्थापनाका लागि पहल सुरु गरेको जानकारी दिएको छ । हेल्थ एट होम कार्यान्वयन साझेदारको रुपमा काम गर्ने भएको छ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top