अकस्मिक सेवाका लागि टोल फ्रि टेलिफोनको व्यवस्था गर्ने तयारी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १२, बुधबार,०८:०८:PM  
अकस्मिक सेवाका लागि टोल फ्रि टेलिफोनको व्यवस्था गर्ने तयारी

काठमाडौं । सरकारले आपतकालिन अवस्थामा आकस्मिक टोल फ्रि नम्बरबाट सेवा दिने भएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोरोना भाइरस समन्वय समितिको बैठकले कोरोनाको अकस्मिक अवस्थाका लागि यस्तो निर्णय गरेको हो  ।

समितिका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ४ अंकको टोल फ्री टलिफोन सेवा जडान गर्ने व्यवस्था मिलाउने भएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top