कोरोना रोकथामका लागि विशाल ग्रुपको १ करोड सहयोग

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार,०३:२७:PM  
कोरोना रोकथामका लागि विशाल ग्रुपको  १ करोड सहयोग

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा न्युनिकरणका लागि विशाल ग्रुपले १ करोड रुपैयाँ सहयोेग गरेको छ ।

पछिल्लो समय देशव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि खोलिएको सरकारी राहत कोषमा विशाल ग्रुपले सो रकम आर्थिक सहयोग गरेको हो । 

कोरोना रोकथामका लागि मास्क, सेनेटाइजर, पीपीपी लगाएतका सामाग्री खरिदका लागि सहयोग पुग्ने ग्रुपले जनाएको छ ।

ग्रुपले बिहिबार सहयोग रकम सरकारी खातामा जम्मा गराएको जानकारी दिएको छ । सरकारलाई  माहमारीमा जुध्न  ग्रुपको सहयोगले केहि हदसम्म राहत मिल्ने जनाएको छ ।  

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

ताजा समाचार
Top